अब युवाले गर्नुपर्ने काम



डा. युवराज संग्रौला ।
युवाहरूमा समस्या पनि छन् प्रचुर संभावना पनि छन् । मैले भनेका ती युवा वैज्ञानिक चेतनाहीन, विचार र नैतिकता इस्खलीत भएका राजनीति पार्टीका नाममा अस्तित्वमा रहेका गोठमा लठ्ठीएका यान्त्रिक युवा होइनन् । मैले भनेका युवा सिर्जनात्मक सोच, देशभक्ति र आफ्नो दिमागलाई वैज्ञानिक चेतना र ज्ञानले उर्वर बनाउन उद्दत युवा हुन जसलाई आफ्नो देशको माया छ, गरीबी समाप्त गरेर लाखौं बालबालिकालाई शिक्षित र विज्ञ बनाउने जिम्मेवारीको चेत छ, र मागेर होइन गरेर देश र समाज उन्नत बनाउन सकिन्छ भन्ने विश्वास छ, र अर्काको देशमा दोस्रो दर्जाको नागरिक हुनुभन्दा आफ्नो देशमा झुत्रे लुगा लगाएर भएपनि पहिलो दर्जाको नागरिक हुनुमा गौरव ठान्ने युवा हुन् ।
१. अब देशको जिम्मा लिन यी युवाले विचारको निर्माण र सदाचारको रक्षा गर्न फोहोरी मान्छेको छायाँ हेर्ने होइन, देशको मुहारमा आफ्नो तस्वीर खोज्न थालेनन् भने देशको भविष्य टुकुचाको पानी जस्तै हुनेछ ।

२. राजनीतिका दुई रुप हुन्छन् । एउटा देशको रक्षा र जनताको कल्याणका नीति र कार्यक्रम बनाउने। यसलाई समृद्धिको रणनीतिक भनिन्छ। यस्तो राजनीतिमा व्यक्तिगत स्वार्थ बोकेको नेता हुँदैन। दुनियाँलाई ढाँट्ने चाटुकारी जादुगरी अर्को राजनीति हो जहाँ नेता अपराध लुकाउन खरानी घसेको साधुका रुपमा बसेको हुन्छ। ऊ आफ्नो फाइदाको लागि बकुल्लो जस्तै दाउ हेरेर बसेको हुन्छ, छेपाराले रंङ्ग फेरे झै रङ्ग फेर्छ, चमेराजस्तै पहिचानहीन हुन्छ, पछाडिबाट मात्र प्रहार गर्ने साँप जस्तै हुन्छ, र जिउंँदै मासु कोतर्ने ब्वाँसो जस्तै हुन्छ। ऊ सँगमा बसेकोलाई जस्तै सत्तामा बस्छ।

३. यस्तो नेताले ढाँट्छ। जोन मिएर्समाइर भन्छन्, “राजनीतिमा सत्य र झुट मात्र हुन्छ, बीचमा केही हुन्न, जसरी आधागर्भवती हुन सम्भव छैन । झुट अर्थात् लाइङ्ग तीन खालको हुन्छ। छलकपट, धुर्त्यांए र तिकड्म। जब नेताले विचार र नैतिकता त्याग्छ, उसले यी तीन कुरा गर्ने आफ्नो माहरथलाई आफ्नो महान सफलता मान्छ ।

४. छलकपटमा नेताले झुटलाई आफ्नो नितान्त व्यक्तिगत फाइदाका लागि सत्य बनाएर प्रस्तुत गर्छ। धुर्त्याइँमा नेताले जानाजानी एउटै कुरालाई घुमाइघुमाइ मानिसमा भ्रम निर्माण गर्छ। तिकडममा नेताले सत्यलाई लुकाउन प्रपन्च गर्छ। तर यी सबै उसले अफ्नो स्वार्थका लागि गर्छ। तर पनि ऊ कायमै रहन्छ उसका माहरथमा किनभने आफनै खाइ नसकेको रहलपहल खाने जमात उसका पछाडि जयजयकार गरिरहन्छ। एउटा दुष्ट मानिस अचेत मानिस, अर्धचेत मानिस, मन्दचेत मानिसका कारणले नेता नेता बनिरहन्छ।

५. डाक्टर गतिलो परेन भने आफ्नै ज्यान मर्छ। वकिल गतिलो परेन भने न्यायको जग भत्किन्छ। नेता विचारहीन र दोग्ला पर्यो भने राष्ट्र मर्छ।
के मैले युवा भनेका युवाहरु तपाइँको भविष्य केबल तपाईंका हातमा छ। उद्देलित भावना, उपभोक्तावादी सोच, नक्कली जीवनशैली र अरुले केही नगरीदिएकाले देश बिग्रियो भन्ने कुण्ठाबाट मुक्त हुनुहोस् यात धतुरो खाएर सुत्नुहोस् र गनगन गर्न छोड्नुहोस् । तपाइँसँग देश बनाउने क्षमता छ प्रयोग गर्नुहोस् । तपाइँका अगाडि अँध्यारो छ, अँध्यारोलाई हटाउने प्रकाश पनि तपाइँमा नै छ। अब मन्त्री र प्रधानमन्त्री बन्ने र हाम्रो करमा मोजमस्ती गर्नेलाई त्याग्ने आँट गर्नु हुन्न भने ब्वाँसाको शिकार हुन तयार हुनुहोस् । अब प्रश्न सोध्नुहोस् ।

१. हामी दिनरात काम गरेर कर तिर्छौ, तिमी हाम्रो करमा मस्ती गार्छौ, किन ?
२. तिमी सांसद के गर्छौ र तलब खान्छौ ? तिमीले गरेको त जम्मा छलफल नै नगरी एमसीसी पास गरेको हो, होइन ? कति वटा कानुन बनायौ ?
३. तीमी जुन मन्त्री बनेका छौ, त्यसका लागि तिम्रो योग्यता के हो ?
. तिमीले आजसम्म तिरेको कर कति हो ?
६. राजनीति जागिर होइन, विकास प्रतिकोे प्रतिबद्धता हो । तिमीले गरेको विकास के हो?
नेता हुने योग्यता केबल व्यावसायिक राजनीति होइन । युवा साथीहरु अब राजनीतिको व्यावसायीकरणको विरुद्धमा वैज्ञानिक चेतना र मानवीय समृद्धिको आन्दोलन छेडौं । देशलाई रुपान्तरण गरौ, हामीले बस्न लाएकको देशमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

आज देशभर पृथ्वीजयन्ती मनाइँदै

काठमाडौं ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर

केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति