तैपनि हामी आफूलाई नेपाली ठान्छौं !!!



विश्वमा
फुटबल क्लब दुईटा छन्

एउटा यसको
अर्को उसको
मेरो देशमा

फुटबल टीम दुईटा छन्
एउटा यसको
अर्को उसको

हामीसँग छाती छ
छातीमा रंगशाला छ
रंगशालामा

फुटबल कम्पिटिशन हुन्छ
कम्पिटिशनमा
दुबै टीमको जित्ने मिशन हुन्छ

हामी
कोही यसको टीमको फ्यान बन्छौं
कोही उसको टिमको फ्यान बन्छौं

कसैले यसको गोलमा ताली हान्छौं
कसैले उसको गोलमा ताली हान्छौं

आफ्नै विवेकलाई
भेडाको खोरमा थुनेर साङ्लोले बान्छौं
विदेशी क्लबका खेलाडीलाई

राष्ट्रवादी नेता मान्छौं
तैपनि
हामी आफूलाई नेपाली ठान्छौं !!!

अर्जुन पराजुली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि

बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट