राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने/बनाउने लोभमा बिकेपछि कस्तो सङ्कट झेल्नु पर्दो रहेछ भन्ने कुरा प्रष्ट भएको छ



केशवप्रसाद भट्टराई ।
१. काङ्ग्रेस र यसको नेतृत्वलाई असभ्य र अशिष्ट भाषामा निन्दा र विरोधगर्ने र घृणा फैलाउनेहरू जव अति गर्न लाग्दछन् तव समर्थक र शुभेच्छुकहरू काङ्ग्रेसका अभाव र कमीहरूलाई बिर्सिएर काङ्ग्रेस वरिपरी काङ्ग्रेसको सुरक्षा कवच बनेर उभिन वाध्य बन्छन् । अहिले त्यही परिस्थिति बन्दैछ । काङ्ग्रेस समर्थक र शुभेच्छुकहरू अघि सर्नथालेका छन् ।

२. काङ्ग्रेस भन्दा दस गुणा बीस गुणा खराबले गर्ने काङ्ग्रेस विरोध र निन्दाले काङ्ग्रेस बलियो हुन्छ भन्ने नबुझ्ने काङ्ग्रेस विरोधीहरूले नै काङ्ग्रेसलाई शक्ति र बल प्रदान गरिरहेका हुन्छन् । उनीहरूले काङ्ग्रेसको प्रशंसा गर्न थालुन–काङ्ग्रेस सामर्थक र शुभेच्छुकहरू छेऊ लाग्न थाल्दछन् । यस्ताले त प्रशंसा गर्ने पार्टी भनेर । यस्तासँग सहकार्य गर्ने पार्टी भनेर ! तिनै नै छँदैछन् नी भनेर पन्छिन्छन् ।

३. त्यसैले काङ्ग्रेसलाई सिध्याउन चाहनेहरूले, दुष्ट र खराव प्रजातन्त्र विरोधी राजनीतिक शक्तिहरूले काङ्ग्रेसको प्रशंसा गारिदिए पुग्छ । उनीहरूसँग सहकार्य र गठबन्धनमा बसिदिए पुग्छ । काङ्ग्रेससँग सरकारमा बसेर विश्वका प्रजातान्त्रिक शक्तिहरू विरुद्ध निन्दा, घृणा, भ्रम पालेर, फैलाएर र प्रजातन्त्र विरोधी आन्तरिक र वाह्य शक्तिहरूसँग साँठगाँठ र षड्यन्त्रगरिदिए पुग्छ । अनि काङ्ग्रेस नेतृत्वले तिनैको अँगालोमा रहन सन्चो, न्यानो र रमाइलो मानिदिए पुग्छ । खरावहरूले प्रशंसा गर्न थालेपछि काङ्ग्रेसले पनि असल मानिसहरुको महत्व बुझ्न छोड्छ र पार्टी भित्र र बाहिर पनि खरावहरूसँगै रमाउन थाल्दछ ।

४. श्रद्धेय गिरिजाबाबुको जीवनको अन्तिम कालखण्डaदेखि आजसम्मको काङ्ग्रेसको बाटो यही हो । अनि हालत पनि यही हो काङ्ग्रेसको । आफ्ना आदर्श, मूल्य र विश्वासमा स्खलित भएपछि, विचलित भएपछि, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने–बनाउने लोभमा बिकेपछि, जोसँग पनि घाँटी जोड्ने, अवशरवादी गठबन्धनगर्ने अभ्यास बढ्दै गएपछि के हुन्छ ? राष्ट्र, प्रजातन्त्र र काङ्ग्रेसले कस्तो सङ्कट झेल्नु पर्दो रहेछ ? वर्तमान घटनाक्रमले पनि प्रष्ट पारेको छ ।

५. र आज माथि उल्लेखित परिवेशको प्रजातन्त्र दिवस । अलि बढी प्रजातात्रिक शक्तिहरूसँग सहकार्य गर्न काङ्ग्रेस इच्छुक मात्रै देखिए पनि प्रजातन्त्र दिवशलाई सम्झिनुसम्मको सार्थकता बुझ्न सकिन्थ्यो । र अन्त्यमा सरकारमा बसेर, प्रहरीको सुरक्षा घेरा भित्र रहेर हिड्ने अनि तिनै प्रहरी विरुद्ध सडकमा कथित नेता साहितका खेताला खटाएर ढुंगा –मुढागर्नेहरू र चुनावलाई प्रतिगमन मान्ने र प्रजातान्त्रिक मित्रराष्ट्रहरू विरूद्ध निरन्तर विष वमनगर्नेहरूलाई काँध थापेर बस्ने अनि प्रजातन्त्र दिवसको कुरा …. त खै ! तर प्रजातन्त्र दिवसको हार्दिक शुभकामना !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

बालेनको आक्रोशः प्रधानमन्त्रीज्यू जति भ्रम फैलाए पनि हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई