धेरै गरेपछि घमण्ड तोडिन्छ…


धेरै फुलेपछि बेलुन फुट्छ
धेरै दबाएपछि लाटो उठ्छ

धेरै तानेपछि डोरी चुँडिन्छ
धेरै तिखारेपछि टुप्पो भाँचिन्छ

धेरै उम्लेपछि दूध पोखिन्छ
धेरै गरेपछि घमण्ड तोडिन्छ
धेरै अति भएपछि खती बन्छ

पछि रोएर हुन्छ के महोदय ?!
विज्ञानको नियमले यसै भन्छ !

अर्जुन पराजुली ।