लाेकसेवाकाे विज्ञापनसम्बन्धी रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग



काठमाडौं: सर्वोच्च अदालतले थारु कल्याणकारिणी सभाले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ। सं‌विधानबमोजिम थारु समुदायलाई पनि कोटा उपलब्ध हुनुपर्ने माग गर्दै थारु कल्याणकारिणी सभाले लोकसेवा आयोगले प्रकाशित गरेको नायब सुब्बाको विज्ञापन, प्राविधकतर्फ इन्जिनियरिङको विज्ञापन, बाग्मती प्रदेश र कर्णाली प्रदेशले प्रकाशित गरेको सूचनाविरुद्ध रिट दाय गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासमा यस्तो आदेश जारी भएको थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले जानकरी दिए। ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं ३ र ४ को हकमा कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत् र अन्य विपक्षीहरुले महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नु भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी लिखितरुपमा परे वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु,’ आदेशमा भनिएको छ।

‘अन्तरिम आआदेश माग भएको सम्बन्धमा विचार गर्दा नेपालको संविधान २०७२ को धारा ४२ ले सामाजिक न्यायको हकअन्तर्गत उल्लेखित जाति समुदायमा थारु जातिलाई पनिन बेग्‍लै राखेको हुँदा र साथै निवेदकहरुले जिकिर लिएको विषय वस्तुको गम्‍भिर्यतालाई विचार गर्दा दुवै पक्ष राखी छलफल गर्न उपयुक्त हुने देखिँदा विभिन्न पदहरुको परीक्षँ सञ्चालन नगरी पदपूर्ति गर्ने कार्य नगर्न नगराउन यथास्थितिमा राख्नू,’ आदेशमा भनिएको छ।

सर्वोच्चले दुवै पक्षलाई फागुन ९ गते छलफलका लागि बोलाएको छ। थारु कल्याणकारिणी सभाको तर्फबाट महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले मं‌गलबार रिट दायर गरेका थिए। पछिल्लो समय थारु आरक्षणको माग गर्दै थारु कल्याणकारिणी सभाले सरकारी निकायहरुविरुद्ध रिट हाल्ने क्रम जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीको प्रश्नः पूर्वराजालाई लगेर नारायणहिटी छिराउने भन्ने हल्ला चलाइएको छ, कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ?

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा

कुलमानको जवाफः घाटामा रहेको संस्थालाई निरन्तर नाफामा लगेको छु, कारबाही गर्नुपर्ने कुनै कारण छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका

पूर्वराजालाई विमानस्थलमा समर्थहरुको भव्य स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किएका छन् । पोखराबाट चार्टर जहाजमार्फत