सोझो भाषामा मैले बुझेको एमसीसी



केशवप्रसाद भट्टराई ।
१. एमसीसीको विज्ञापन पढेर दरखास्त नेपालले हाल्यो । उसले सोधेका प्रश्नहरूको उत्तर नेपालले दियो । एमसीसीले तिमी योग्य ठहरियौ अब तिमीले यो यो शर्तको अधिनमा रही यो पैसाले के गर्ने हो त्यसको प्रस्ताव ल्याऊ भन्यो । नेपालले प्रस्ताव प्रस्तुत गर्यो । अमेरिकाले हुन्छ भन्यो । सहमति पत्रमा दुई पक्षका वीच हस्ताक्षर भयो । पछि कार्यान्वयनको क्रममा कानुनी पक्ष हेर्न कानुन मन्त्रालयमा पठाइयो ।

२. टनकपुरमा आफ्नो भूमिमा भारतले वाँध बनाएको थियो तर त्यो वाँधका कारण बर्खामा नदीमा ठूलो बाढी आउँदा केही पानी नेपालको भूमिमा पस्न थाल्यो । नेपालले पानी पस्ने ठाउँमा वाँध बनाइदिन अनुरोध गर्यो । भारतले नेपालको भूमिमा पानी नपस्ने गरी अर्थात् पानी नउक्लिने गरी पाँच सय मिटर लामो पर्खाल लगाइदियो । त्यसबारे भएको सम्झौतालाई लिएर नेपालमा आँधीबेरी ल्याइयो । त्यसलाई संसदमा अनुमोदन गराउने माग राखियो । सरकारले संझौता भएकोले संसदबाट अनुमोदन गराउनु नपर्ने भन्यो । विपक्षले सन्धि नै हो भन्यो । सर्वोच्चमा मुद्दा पर्यो । नेपाली भूमिमा बनेको त्यो पाँच सय मिटर लामो पर्खाल वा बाँधको कारण अदालतले सन्धि नै हो भन्यो । पछि आएर त्यसले महाकाली सन्धि गरायो ।

३. सम्भवत त्यही नजिरलाई देखेर नेपालको कानुन मन्त्रालयले एमसिसीले परियोजना संचालनको क्रममा उपयोग गर्ने केही जमिनको सवाललाई लिएर एमसिसी परियोजनामा संसदीय अनुमोदन खोज्यो होला । कानुन मन्त्रालय दोषी हो त ?

४. दातासँग माग्यौं । उसले दियो । दिए वापत गालीगर्ने र सराप दिने हामी ।

५. माथि उल्लेखित एमसीसी प्रक्रियाहरूमा माओवादी, एमाले्, काङ्ग्रेस नेतृत्व र सहभागिताका सवै सरकार संलग्न छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

आज देशभर पृथ्वीजयन्ती मनाइँदै

काठमाडौं ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर

केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति