एउटा पराजयले कमल थापालाई यति धेरै अस्थिर र स्खलित किन बनायो होला ?



नारायण गाउँले ।

संयोग होला, मलाई पार्टी जे सुकै भए पनि नेताहरूमा तीनवटा थापा खास लाग्थे ! सूर्यबहादुर थापा, कमल थापा र गगन थापा !
सुबथाको भाषण र व्यक्तित्व मलाई औधि मन पर्थ्यो । कुनै बेला त्यस्तै भाषण गर्न सक्ने बन्ने लोभ पनि थियो । उनको राजनैतिक गुण-अवगुण या कूटनीतिक चातुर्यबारे मेरो पुस्ताले प्रत्यक्ष अनुभवचाहिँ सँगालेको छैन ।

गगन थापाको वक्तृत्व त धेरैलाई मन पर्छ नै, मलाईचाहिँ संसदमा हरेक विषयको बहसमा भाग लिने र निकै अध्ययन र खोज गरेर तर्क गर्ने शैली खुब मन पर्छ । संसद-बाहिरको भाषण त मेरो ठूलो रुचिको विषय रहेन तर संसदमा त्यत्तिको तथ्याङ्क र स्पष्ट निकासका विकल्पसहित बहस गर्ने त्यस्तै अध्ययनशील धेरै सांसद भइदिए भन्ने अहिले पनि लाग्छ ।

उनको राजनैतिक दर्शन र मुद्दाको समर्थक हुनु नहुनु अलग भयो, कमल थापामा मलाई एउटा नेतामा हुने धेरैवटा गुण छन् जस्तो लाग्थ्यो । शारीरिक ‘फिटनेस’देखि उनको बोल्ने र तर्क गर्ने शैली लोभलाग्दो थियो । व्यङ्ग्य त हुन्थ्यो, तर उनको भाषणमा गाली र नमिठा शब्द हुँदैनथे । जस्तो सुकै कठिन परिस्थिति र दबाबमा पनि दृढ़ता र मुस्कान देखिने उनको अनुहारले एउटा परिपक्व नेताको छनक दिन्थ्यो । उनी मूलधारका पार्टीमा भएको भए शायद धेरै अघि प्रधानमन्त्री बन्ने पनि थिए । उनले अघिल्लो पटक ओलीको उपप्रधानमन्त्री हुँदा जसरी काम गरेका थिए, जसरी देशको आबाज र प्रतिनिधित्व राष्ट्रिय-अन्तर्राष्ट्रिय फोरममा गरेका थिए, आज पनि त्यो उदाहरणीय छ । हामीलाई त लाग्छ, हाम्रो वीरता र शक्तिसँग डराएर भारतले अघोषित नाकाबन्दी फिर्ता गरेको थियो, यथार्थमा भने देशमा भागशान्तिका लागि आधा दर्जन उपप्रधानमन्त्री भएको त्यो समयमा यिनको उच्चस्तरको कूटनीतिक कसरत र सुझबुझ निकै अर्थपूर्ण थियो ।

तर, पछिल्लो केही महिनायताका कमल थापाले मेरो त्यो आदर्श तस्बीरलाई कालोमैलो बनाएका छन् । उनको यो स्खलन सामान्य छैन । आज उनमा नेतृत्वको एउटा गुण पनि बाँकी छैन । उनी यति लुब्ध, अस्थिर, असहिष्णु र दुर्मुख हुन सक्छन् भन्ने मलाई कहिल्यै लागेन । हिजो उनको अन्तर्वार्ता र वाक्पटुताले त्यसै त्यसै तान्थ्यो, आज त्यही बिचरा जस्तो लाग्छ ।

मेरो एउटा अवगुण छ, जति नै मन नपर्ने पार्टी, टीम या देश भए पनि चुनाब या खेलमा पराजित भइसकेपछि किनकिन सहानुभूति पलाउँछ । यतिसम्म कि सिनेमा हेर्दा हेर्दै आफै पर्दाभित्र छिरेर उडाइदिऊँ जस्तो लाग्ने खलपात्रको पतनपछि चाहिँ उसप्रति नै दया पलाएको हो कि हो कि जस्तो लाग्छ । शायद धेरैलाई त्यस्तै हुन्छ होला । तर यसपालि उल्टो भयो । आफैलाई खास लाग्ने कमल थापाको पराजयले त्यस्तो कुनै अनुभूतिसमेत दिलाएन ।

तपाईंलाई के लाग्छ, हिजो शालीनताको खोलमात्रै थियो र मान्छे यस्तै फ़न्टुस नै थिए या धेरैको जीवनमा घट्ने घटनाजस्तै एउटा पराजयले उनलाई यति धेरै अस्थिर र स्खलित बनायो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

बालेनको आक्रोशः प्रधानमन्त्रीज्यू जति भ्रम फैलाए पनि हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई