कांग्रेस प्रवक्ताकाे जिम्मेवारी प्रकाशशरण महतलाई


काठमाण्डाै,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा प्रकाशशरण महतलाई जिम्मेवारी दिएका छन्। महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदका उम्मेदवार थिए। उनी पराजित भएका थिए।

सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ। सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ।