आजदेखि काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा



काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई आजबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ ।

फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिइने छ ।

ललितपुर महानगरपालिकामा भने माघ २७ गतेदेखि फागुन ६ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ ।

जनस्वास्थ्य शाखा छायबहाल, वडा नं. २ को सानेपा चोकस्थित आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. १७ को लुंखुसीस्थित नगर स्वास्थ्य केन्द्र, वडा नं. २४ को धापाखेल स्वास्थ्य चौकी, वडा नं. २५को सैंबु स्वास्थ्य चौकी, वडा नं. २७ को सुनाकोठी स्वास्थ्य चौकी र वडा नं. २८ को हरिसिद्धी स्वास्थ्य चौकी खोप केन्द्र तोकिएको छ ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर

जनार्दन शर्मालाई १२ प्रश्न

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित

‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस् यसले असर गर्दैन’

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना

प्रयागराज महाकुम्भ जाँदै हुनुहन्छ ? यदि जाँदै हुनुहुन्छ भने थाहा पाउनै पर्ने कुरा

उदयराज ढकाल । अत्यन्तै आस्था साथै चासो र चर्चाको केन्द्र महाकुम्भ अहिले नेपाललगायत