यस कारण काङ्ग्रेस र एमाले मिलेर अघि बढ्नु पर्दछ
केशवप्रसाद भट्टराई ।
राजनीतिक र प्रजातान्त्रिक स्थीरताकोलागि काङ्ग्रेस, एमाले र अन्य प्रजातान्त्रिक शक्तिहरूकैवीच भविष्यसम्मकालागि राजनीतिक सहकार्य, समन्वय र समझदारी आवश्यक छ । त्यसले मात्रै यो अन्यौल र अराजकतालाई व्यवस्थापन गर्न सक्दछ । तर काङ्ग्रेस र एमालेको सिद्धान्तहीन र अवशरवादी राजनीति र त्यस्तो. सिद्धान्तहीन र अवसरवादी राजनीतिलाई संस्थागत गर्ने गठबन्धनले त्यसो हुन दिइरहेको छैन ।
नेपाली राजनीतिका सवै किसिमका माओवादी,मधेशवादी, जातिवादी संस्करणहरू काङ्ग्रेस र एमालेका त्यही सिद्धान्तहीन र अवसरवादीताबाट जन्मिएका हुन् । जति भत्किएको र जति बिग्रिएको भए पनि अब बढी भत्किन र बिग्रन नदिन र राजनीति, समाज र राष्ट्रका भत्किएका र बिग्रिएका भागहरूलाई मरम्मत,सम्भार र पुनर्निर्माण गर्न यी दुई दल मिल्नै पर्दछ ।
त्यसले काङ्ग्रेस र एमालेका अभावहरूलाई पनि हटाउन सघाऊ पुर्याउँछ । अराजकतावादी र अस्थिरतावादी शक्तिहरू कमजोर हुँदै जान्छन् । अनि मुलुकले निकास पाउँछ , मुल्कुक स्थिरता र समृद्धिले बल पाउँछ ।