घमण्डको बाढीले….


घमण्डको बाढीले
मान बगायो
शान बगायो

इतिहास बगायो
वर्तमान बगायो
घर बगायो
खेत बगायो

हल-गोरु बगायो
खेताला बगायो
ससुराली बगायो

साली साला बगायो
बा-आमा बगायो
छोराछोरी बगायो
तैपनि
घमण्ड बगाएन

अर्जुन पराजुली ।