प्रधानमन्त्रीको वक्तव्यले थप लाजको पसारो भएको छ



योगेश भट्टराई ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो । प्राण र उत्साहा नभएको वक्तव्य त्यसमाथि पनि कोरोना तेस्रो लहरले पुरै नागरिकलाई लपेटी रहेको र अबको केही हप्ता अत्यन्तै भयावह अवस्था सिर्जना हुने प्रक्षेपण भइरहको सन्दर्भमा त्यसबाट आफ्ना नागरिकहरुलाई जोगाउनु, त्यसको असरकाबीच अर्थतन्त्र र समाजिक जीवनलाई निरन्तरता दिने सन्दर्भमा वक्तव्य पुरै निराशाजनक रहेको छ । सरकारबाट आश गरेर होइन आफ्नै सक्रियता र पहलवाट आफ्नो ज्यानको रक्षा गर्नु बाहेक नागरिकसँग अर्को उपाय रहेन ।

१. माघ ७ गतेवाट सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय भनि आदेश जारी गर्ने सरकारले अहिले पनि ६० प्रतिशत नागरिकलाई खोप दिन सकेको छैन । खोप–खोप र खोप भन्दै सत्तारोहण भएका प्रधानमन्त्रीले पौष सम्म दुई तिहाइलाई र चैत्र सम्ममा सबैलाई खोप दिन उहाँकै पूर्व घोषणा हावा खान पुगेको छ र आजको वक्तव्यमा त्यसको विश्वासिलो आधार केही देखिँदैन । बुस्टर डोज त झन् कहिले सबैले पाउने हुन् अत्तोपत्तो छैन ।

२. अहिलेसम्म १८ वर्ष मुनिका वालवालिका मध्ये अधिकाशं खोप पाएर स्कूल कलेज सुचारु हुनुपर्नेमा त्यो सुरसार छैन । त्यस उमेर समूहका लागि खोपको प्रबन्ध गर्ने कुनै कार्ययोजना छैन ।

३. प्रत्येक दिन ५ लाख व्यक्तिलाई खोप लगाउने घोषणा गरेको सरकारले मुस्किलले २ लाख पनि पूरा गर्न सकेको छैन । खोप केन्द्रमा देखिएको भीडभाडले खोप केन्द्र संक्रमणको थलो बनी रहेका छन् । खोप केन्द्रको बिस्तार गर्ने, नागरिकहरुलाई सहज र सरल ढंगले खोप प्राप्त गर्ने वातावारण बनाउने र बृद्धबृद्धा, गर्भवती महिला, बालबालिका, अपाङ्गता, र अशक्तहरुलाई घर–घरमै खोप सेवा पुर्याउने कार्ययोजना प्रधानमन्त्रीको वक्तव्यमा छैन ।

४. खोपको गुणस्तरियता, भण्डारण व्यवस्था, आपूर्ति व्यवस्थाका बारेमा विज्ञहरुबाट पट्क पट्क प्रश्न उठदै आएको छ त्यसको चित्तबुझ्दो जवाफ र योजना सुन्न पाईएन्न । गायव २४ लाख डोजको खोजिनिती गर्ने र गल्ती गर्नलाई कार्वाही गर्ने कुरा त झन छदैछन् । थप २० लाख डोज खोपको अभिलेख नै छैन ।

५. तेस्रो लहरमा आजका दिनमा करिब एक हजार स्वास्थ्यकर्मीहरु स्वयम् सक्रमित भएका छन् । यो संख्या प्रत्येक दिन थपिंदै जानेछ । उनीहरुलाई उपचार गरी काममा फर्काउन, थप स्वास्थ्यकर्मीलाई संक्रमित हुनबाट जोगाउन, उनीहरुले पाउनु पर्ने जोखिम भत्ता उपलब्ध गराउन, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र प्रयाप्त मात्रामा जनशक्तिको व्यवस्थामा कुनै योजना र प्रतिवद्धता प्रधानमन्त्रीको वक्तव्यमा देखिएन ।

६. स्वास्थ्य जनशक्तिको थप प्रवन्ध र स्वास्थ्य पुर्वाधारमा कतै पनि प्रतिवद्धता देखिएन । उल्टै अधिल्लो सरकारले बिनियोजन गरेको बजेट कटौती गरिएको छ ।

७. लाखौँ नागरिकले पाउनु पर्ने कोरोना बीमा बापतको रकम विमितहरुले कहिले पाउँछन? एक शब्द पनि बोलिएको छैन ।

८. ट्रेसिङ, टेस्टिङ्, आईसोलेस, होल्डीङ, ट्रिटमेन्ट जस्ता अनिवार्य दायित्वबाट सरकार भागिसकेको छ ।

९. कोरोनाबाट उत्पन्न नकारात्मक परिस्थितिबाट मुलुकको अर्थतन्त्रलाई कसरी जोगाउने र बैकल्पिक रोजगारीका माध्यमवाट तल्लो वर्गलाई रोजी–रोटीबाट बन्चीत हुन नदिने भन्ने बारेमा कुनै भरपर्दो योजना नै छैन ।

१०. आजसम्म पिसिआर टेस्ट र उपचारमा मात्र नागरिकको तर्फबाट अरर्वौ अरब पैसा खर्च भैसकेको छ । अब सर्वसाधारणको खल्ती रित्तो भैसक्यो । संक्रमण र महामारीमा सरकारले खर्चको दायित्व वोक्नु पर्छ तर प्रधानमन्त्रीलेले कोरोनाको टेष्ट र उपचार निःशुल्क गर्नु पर्ने संवैधानिक दायित्वलाई पुरै वेवास्था गर्नु भएको छ ।

११. कोरोनाको बारेमा विज्ञहरुको राय अनुसार चल्ने, अध्ययन अनुसन्धान गर्ने , राजनीतिक समन्वय र परिचालन गर्ने, तिन तहका सरकारबिचमा कार्यमुलक सम्बन्ध स्थिापीत गर्ने र आम जनतालाई विश्वासमा लिने सवालमा सरकार पुरै असफल साबित भएको छ ।

१२. प्रधानमन्त्रीको वक्तव्यले थप लाजको पसारो भएको छ । यो वक्तब्य सरकार पूर्णतः असफल भएको स्वयम्को घोषणा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

नैतिक मूल्य-मान्यता समाजका मेरुदण्ड हुन्ः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड