‘संवैधानिक व्यवस्था अनुसार चुनावहरु सम्पन्न गराउन प्रचण्ड र प्रधानमन्त्री प्रतिबद्ध’


काठमाडौं । कोरोना संक्रमणमुक्त भएसँग नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट थालेका छन् । सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटमा स्थानीय तहको निर्वाचन, राजनीतिक समन्वय समितिको बैठक बोलाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार नै चुनावहरु सम्पन्न गर्नेमा दुबै नेता प्रतिबद्ध रहेको सचिवालयले जनाएको छ ।