यतिबेला योगेश स्वच्छ हुन सक्लान् तर मौका अनुसार बोली र विचार फेर्ने भएपछि पत्याउन गाह्रै होला



नारायण गाउँले । 

योगेश भट्टराईले ओली सरकार चरम भ्रष्ट, राष्ट्रघाती र संविधानविरोधी भएको खुलेर बताएका थिए । यतिमात्र होइन, अधिकांश एमाले कार्यकर्ता ‘आई लभ यु बा’ भन्नेबाहेक अन्य केही नजानेका डुक-लन्ठु भएको भाषण गरेका थिए ! संसद विघटनको स्पष्ट शब्दमा विरोध गर्दै संसदको घाँटी निमोठ्ने काम निन्दनीय भएको बताएका थिए ! उनले पटक पटक ओली तानाशाहीको दिनगन्ती शुरू भइसकेको भाषण गर्ने गरेका थिए ।

आजसम्म ओलीले माथिका कुनै पनि कुरामा गल्ती स्वीकार गरेर आत्मालोचना गरेका छैनन् । र योगेशले आफूले लगाएका आरोप गलत भएकोमा माफी मागेको पनि सुनिएको छैन । तर अहिले योगेश भट्टराई आफै संसद बन्द गर्ने लाइनमा ओलीको सारथी भएर उभिएका देखिन्छन् । विगत दुई वर्षदेखि कहिले विघटन र कहिले अवरोधको नाममा ओलीले संसद चल्न दिएका छैनन् । देश दुई वर्षदेखि संसद-विहीन जस्तै छ तर कामै नगरी सबैले तलबभत्ता बुझिरहेका छन् ।

एउटा शिक्षकले दुई वर्ष नपढाई तलबभत्ता बुझिरह्यो भने हामीलाई ठूलो इश्यु जस्तो लाग्छ, भ्रष्टाचारजस्तो लाग्छ तर हाम्रा सांसदहरू दुई वर्षदेखि यही गर्दै छन् । यो इतिहासकै सबैभन्दा ठूलो राजनैतिक र नैतिक भ्रष्टाचारको उदाहरण हो ! हिजो यही कुरा गलत ठानेर ‘हामी यहाँ छौं’ भन्दै सड़कमा आएका योगेश भट्टराई आज ओली र संसद अवरोधको समर्थक छन् । हिजो पार्टीभित्र ओलीको निरङ्कुशता विरुद्ध लड्ने भन्दै चर्को भाषण गर्ने योगेश आज ओलीको गोजीबाट सचिब पदमा मनोनीत हुन पाउँदा धन्य छन् । यतिसम्म कि घनश्याम भूसालहरूले आन्तरिक लोकतन्त्रको प्रश्न उठाउँदा र अन्तिमसम्म आफ्नो सिद्धान्तमा अडिग हुँदा उनले सामान्य समर्थनसमेत जनाउन सकेनन् ।

पदमा पुगेको बेला आफ्नै लोभलालचदेखि पार्टी र कार्यकर्ताको प्रेसरका कारण केही सानाठूला अनियमितता प्रायः सबैले गर्ने गरेका छन् । एउटा वडाध्यक्ष या हेडमास्टरले त सकेको गर्छ भने मन्त्रीले गर्ने नै भयो । योगेशले गरे या गरेनन् भन्ने प्रश्न ठूलो होइन । ठूलो कुरा उनमा राजनैतिक इमान्दारी र अड़ान शून्य छ भन्ने हो । इमानदारी नभएपछि उसले भविष्यमा गर्ने काम पनि पक्कै बेइमानी नै हुन्छ । नयाँ पुस्ताको यो स्खलन चिन्ताजनक विषय हो ! उनले ५२ सालमैं एमाले भ्रष्ट र राष्ट्रघाती पार्टी भएको घोषणा गरेका थिए ।

यतिबेला योगेश स्वच्छ हुन सक्छन् । उनले दिएको सफाइ सही पनि हुन सक्छ । तर जे पनि बोल्ने र मौका अनुसार बोली र विचार फेर्ने भएपछि आमजनतालाई उनको कुनचाहिँ दाबी पत्याउने भन्ने सङ्कट स्वाभाविक छ । यो अन्य युवा नेताका लागि ठूलो पाठ पनि हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

बालेनको आक्रोशः प्रधानमन्त्रीज्यू जति भ्रम फैलाए पनि हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई