केही साताभित्र आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुने डब्लूएचओको चेतावनी



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आगामी डेढदेखि दुई महिनामा आधा युरोप कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्यबाट सङ्क्रमित हुने चेतावनी दिएको छ । डब्ल्यूएचओका डा. हान्स क्लगका अनुसार ओमिक्रोन पश्चिमदेखि पूर्वसम्म छालको रूपमा युरोपमा फैलिरहेको छ ।

उनका अनुसार यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ सङ्क्रमणका आधारमा गरिएको हो । गत दुई साताको अवधिमा युरोपमा सङ्क्रमितको सङ्ख्या दोबरभन्दा बढी भएको छ ।

उनले हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन इन्स्टिच्युटलाई उद्धृत गर्दै आगामी छदेखि आठ हप्तामा युरोप क्षेत्रका ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या ओमिक्रोनबाट सङ्क्रमित हुने चेतावनी दिएका हुन् ।

उनले भाइरस पश्चिमी देशहरूबाट फैलिएकाले युरोपेली र मध्य एशियाली देशहरू सङ्क्रमणको तीव्र दबावमा रहेको बताए । पछिल्ला अध्ययनहरूका अनुसार ओमिक्रोनले मानिसहरूलाई कोभिडका पुराना भेरियन्टहरूको तुलनामा गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम छ। तर यो अत्यधिक सङ्क्रामक भेरियन्टले पूर्ण मात्रा खोप लगाए पनि सङ्क्रमित गर्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आम आदमीलाई हराउँदै भाजपा २७ वर्षपछि नयाँ दिल्लीमा सत्तामा

नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक

चीनको सिचुआन प्रान्तमा पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता

छेन्दु । चीनको सिचुआन प्रान्तमा शनिबार गएको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा

मालीको उत्तरी क्षेत्रमा जिहादीको आक्रमणमा ३२ जनाको मृत्यु

डाकर । मालीका सैनिक र रुसको वाग्नर भाडाका सैनिकको सुरक्षामा रहेको एक समूहमाथि

अध्यादेशमा सघाउन एमालेले गरेको प्रस्ताव माओवादीद्वारा अस्वीकार

गुल्मी । नेकपा एमालेले संसदमा अध्यादेश स्वीकृतिका लागि नेकपा माओवादी केन्द्रको सहयोग मागेको