शेखरले युवा काङ्ग्रेसीहरूको  सपनाको नेतृत्व गरे



केशवप्रसाद भट्टराई ।
१.  प्रधानमन्त्रीले पार्टी सभापतिको चुनाव जित्नुभयो, हार्दिक बधाई ! तीन तीनवटा  चुनावको मुखमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति हार्नुले राष्ट्रिय राजनीतिमा  र काङ्ग्रेसमा  पर्ने असर सजिलो हुन्न थियो होला ! जित्नु भयो, राम्रो भयो ।

२. तर पार्टीको नेता शेखर कोइराला बन्नु भयो  । पार्टी र  सरकारमा कहिल्यै कुनै पदमा नरहेका,  कुनै ठूला र शक्तिशाली नेताको छोरा भएर राजनीतिमा नआएका  शेखर कोइराला पाँच पटकका प्रधानमन्त्री, तीन पटक पार्टी सभापति अनि सरकार र पार्टीमा ठूला र शक्तिशाली हैसियतमा रहेका, दशकौँसम्म पद र शक्तिमा रहेका  वंशको समेत बल भएकाहरू सवैलाई  राजनीतिक र  नैतिक रूपमा हराएर  नेता बने !

३. त्यसैले सभापति शेरबहादुर देउवा र पार्टीका नेता शेखर कोइराला  । सभापतिजीले अव कसैसँग  राजनीतिक मोलमोलाई नगरी ढुक्क भएर काम गरे हुन्छ । शेखर कोइरालाले पौडेल र सिटौलाहरूले जस्तै भागबन्डा नमाग्लान, पाइलै पिच्छे अड्को थापेर पाइला चाल्नै नदिने अनि कुनै कुराको जिम्मेवारी नलिने नगर्लान्, स्वत्रन्त्र रूपमा काम गर्न देलान्  ।

उनी रामचन्द्र पौडेल र कृष्ण सिटौलाका उत्तराधिकारी नभएर काङ्ग्रेस भित्र नयाँ काङ्ग्रेस खोज्नेहरूका नेता भइरहन सकुन्  । काङ्ग्रेसमा ठूलो सपना देख्नेहरूका एक छत्र नेता देखिए र यो भूमिकामा स्थापित रहिरहन सकुन्  । मूख्य कुरा, उनले समयको नेतृत्व गरे । युवा काङ्ग्रेसीहरूको  सपनाको नेतृत्व गरे । त्यसैले नेता बने  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

नैतिक मूल्य-मान्यता समाजका मेरुदण्ड हुन्ः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड