ओमिक्रोन स्वास्थ्य प्रणालीलाई चुनौतिपूर्णः डब्ल्यूएचओ



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नयाँ कोभिड भेरियन्ट सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने जनाएको छ । ७७ देशमा पुष्टि भइसकेको यो निकै उत्परिवर्तित भेरियन्ट निकै तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा हुनसक्ने डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एड्हानोम गेब्रेयससले बताएका हुन् ।

उनले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताए । गेब्रेयससले सङ्क्रमणसँग जुझ्न र आफ्ना स्वास्थ्य प्रणालीलाई बचाउन देशहरूलाई तिब्र गतिमा काम गर्न आग्रह गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको बताए ।

उनले भने, ‘ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास सङ्ख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्छन्।’ यस भेरियन्टसँग जुझ्न कयौँ देशले बूस्टर मात्रा सुरु गर्ने बताएका बेला मङ्गलबारको पत्रकार सम्मेलनमा डा टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोर्याए ।

उनले बूस्टरहरूले कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भए पनि केलाई प्राथमिकता दिने भन्ने अहम प्रश्न रहेको बताए । यस भेरियन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । जससँगै कयौँ देशहरूले दक्षिण अफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि सङ्क्रमण फैलन रोकिएको छैन ।

डब्ल्यूएचओ प्रमुखले केही समीक्षाले अबका केही दिनमै ओमिक्रोन युरोपमा केही देशमा सबैभन्दा प्रभावी भेरियन्ट हुनसक्ने सङ्केत गरेको बताएका छन् । फाइजर÷बायोएनटेकको पछिल्ला अध्ययनले सुरुवाती स्ट्रेनमा भन्दा खोपले निकै कम रोगप्रतिरोधी तत्व विकास गर्ने तर त्यसलाई तेस्रो बूस्टर मात्राले जुझ्न सकिने देखाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आम आदमीलाई हराउँदै भाजपा २७ वर्षपछि नयाँ दिल्लीमा सत्तामा

नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक

चीनको सिचुआन प्रान्तमा पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता

छेन्दु । चीनको सिचुआन प्रान्तमा शनिबार गएको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा

मालीको उत्तरी क्षेत्रमा जिहादीको आक्रमणमा ३२ जनाको मृत्यु

डाकर । मालीका सैनिक र रुसको वाग्नर भाडाका सैनिकको सुरक्षामा रहेको एक समूहमाथि

अध्यादेशमा सघाउन एमालेले गरेको प्रस्ताव माओवादीद्वारा अस्वीकार

गुल्मी । नेकपा एमालेले संसदमा अध्यादेश स्वीकृतिका लागि नेकपा माओवादी केन्द्रको सहयोग मागेको