नेकपा एमालेले समृद्धिको नारा कहिलेबाट देख्न सुरु गरेको हो ?
गगन थापा ।
आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसंध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुशी लाग्यो । तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ ।
मैले २०७२ मा संविधान जारी भएपछि सम्पन्न तेह्रौं महाधिवेशनमैं कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपालःसम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ र नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रुपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको छु ।
यो महाधिवेशनपछि सैद्धान्तिकरुपले पुनर्जागृत र रुपान्तरित नेपाली कांग्रेसले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र ‘समुन्नत नेपालःसम्मानित नेपाली’को सङ्कल्प सहित राष्ट्रिय अभियान प्रारम्भ गर्दा तपाईंसँग जम्काभेट हुने नै छ। त्यतिञ्जेलसम्मका लागि जय नेपाल!