लघुकथा: जे हुन्छ राम्रैको लागि हुन्छ
प्रभादेवी पौडेल।
अरु बर्ष झै दाॅई हालिवरि सकेर भिमदत्तले बुढीसँग भने,-” हेर बुढिया हिउॅदको मानो डुलेर खानू भन्छन् म त भान्दाईको घर तिर जानु पर्यो यो बर्ष।” -” ह्या बुढा बर्षेनी कति चाहार्नू हो अरु आउदैनन् क्यारे हाम्रो घर।” -“त्यसो भनेर काहाँ हुन्छ र बुढी तिर्थ जान त्यतिकै हो यसो दुई चार दिन खुट्टा तन्काउॅदामा के फरक पर्छ र ? भेट घाट पनि हुन्छ।”
यति भनेर भिमदत्त घ्यू रंगको पाइजामा सुरुवाल त्यसमाथि स्टकोट अनि ढाका टोपी लगाएर काँधमा छाता भिरेर डोरे झोलामा धोती पाटो लिएर पाहुना बन्न गए। झट्ट हेर्दा कतै बिहे छिन्न हिंडे जस्तो देखिन्थे । ज्योतिष रआध्यात्म तिर पनि निक्कै रुची राख्थे उनी।
उनी पुगेको एकछिनमा भन्दाईले यो बर्षका आफ्ना दु:ख सुखका कुरा बर्णन गर्दै जानु भयो। पहिले दुखेसो थियो,-“बाख्रालाई घाँस झार्न बुट चढेको आँसी सहित खुर्मुरिएर दाहिने हात भाचियो।” उनले भने,-” जे हुन्छ राम्रैको लागि हुन्छ।” -“छोरीको बिहे आँटेको टीका लगाउॅने दिनमा केटै आईदिएन।” -“बेसै भएछ। ” -“कहिल्यै नआएको बाढी यो बर्ष आएर कुला मुनिको गरो सर्लक्क पार्यो।” -“यो पनि राम्रै भएछ।” भान्दाईलाई झोक चलेर तिमी गैहाल याहाँबाट, गजाधर सोतीकी बुढीले भनुभक्त जस्तोलाई त निकालेकी थिइन्।
तिमी त को हौर उनका लेखि , आजको दिन बाट मेरा घरमा पाईला नराख्नु” भन्दै साॅझैमा लगारे। भोली पल्ट उनी ज्योतिष कहाँ गए र भने,-” ज्योतिष बा बाढी पैरो त आयो आयो मेरा त आफ्नै मान्छे सत्रु बने” भन्दै सबै कुरा बेलिबिस्तार लगाए। -“ओहो तपाईको भाइ त म भन्दा पनि सिपालु हुनुहुँदो रहेछ ,त्यो लडेको दिनमा तपाईको त काल योग परेको रहेछ धन्न हात मात्र भाचियो,अब आयो बिहेको कुरा , ” एक हप्ता अघि केटोको चिना लिएर आएका थिए बाऊले, सतमुल्या परेको थियो , अनि बाढिको कुरा कति घरबार बिहिन भएका छन्, तपाईको त जाबो सानो टुकुरो बारी।”
ज्योतिषका कुरा सुनेर भिमदत्तले निक्कै पछुतो मान्दै भने , -“ओहो ज्योतिष बा म गलत रहेछु, अब भाइ सँग सल्लाह नगरि केही काम गर्दिन भन्दै भोली पल्टै माफी माग्नको लागि फूपुको घर गए।”