फाइजरको बूस्टर डोज ओमिक्रोन भेरियन्टविरुद्ध प्रतिरक्षा विकास गर्न प्रभावकारी



फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ । अन्य भेरियन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले एउटा अध्ययनपछि जनाएको छ ।

यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको थियो । विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन् । ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो ।

बुधवार एउटा विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जनाएका छन् । तर उक्त कम्पनीले पछिल्लो नतिजा प्रारम्भिक रहेको भन्दै वास्तविक प्रभावकारिता मूल्याङ्कन गर्नका लागि तथ्याङ्क सङ्कलन जारी राख्ने बताएको छ ।

फाइजरले ओमिक्रोनलक्षित खोप विकास गरिरहेको र त्यो एकसय दिनभित्र वितरण गर्नका लागि तयार हुने जनाएको छ । उक्त खोप नियामक निकायहरूबाट स्वीकृत हुनुपर्छ । प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरियन्ट वा अन्य स्ट्रेन भन्दा बढी बिरामी नपार्ने देखिएको डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा सुरक्षाकर्मीसँगको भिडन्तमा ३१ माओवादीको मृत्यु

नयाँदिल्ली  । सुरक्षा बलले लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने प्रयास गरिरहेको बेला

प्यालेस्टाइन समस्याबारे छलफल गर्न आकस्मिक अरब शिखर सम्मेलन गरिने

काएरो ।  इजिप्टले प्यालेस्टिनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’ बारे छलफल गर्न फेब्रुअरी २७

मालीमा भएको आतङ्कवादी आक्रमणमा २५ सर्वसाधारणको मृत्यु

डाकार । उत्तरी मालीमा भएको संदिग्ध आतङ्ककारी आक्रमणमा कम्तीमा २५ सर्वसाधारणको मृत्यु हुनुका

माओवादीका कुन नेताले पाए कुन जिम्मेवारी ?(सर्कुलरसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । माघ