भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु



भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको पुष्टि भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर उनको निधनको जानकारी दिएको हो । उक्त हेलिकप्टरमा १४ जना सवार थिए । त्यसमध्ये १३ जनाको निधन भएको छ । रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेनरल रावतको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनालाई लिएर मलाई निकै दुःख लागेको छ। त्यसमा हामीले जनरल विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूलाई गुमायौँ। उनीहरूले पूर्ण मेहनतका साथ भारतको सेवा गरेका थिए। दिवङ्गत भएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्छु।’

भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ । जनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को ज्यानुअरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका छन् । जनरल रावतसँगै उनकी पत्नीको पनि निधन भएको बताइएको छ ।

दुर्घटनापछि सामाजिक सञ्जालमा उपलब्ध भिडियोहरूमा हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा रहेको र त्यसका पुर्जाबाट धुँवा निस्किरहेको देखिएको थियो । यसअघि तमिलनाडुका वनमन्त्री के रामचन्द्रनले घटनास्थलको भ्रमणपछि पाँच जनाको मृत्यु भएको र थप दुई जनाको अवस्था गम्भीर भएको बताएका थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे जानकारी दिन संसद्मा सम्बोधन गर्ने बताइएको छ । सो हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता