अर्को महामारी कोभिडभन्दा निकै घातक हुनसक्ने वैज्ञानिकको चेतावनी



अक्सफर्ड–आस्ट्राजेनेका खोपका एक विकासकर्ताले भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने चेतावनी दिएकी छन् । प्राध्यापक डेम सारा गिलबर्टले महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै बजेट आवश्यक पर्ने बताइन् । उनले ओमिक्रोन भेरियन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिइन् ।

उनले यसबारे थप थाहा नहुँदासम्म मानिसहरू सजग हुनुपर्ने बताइन् । उनले भनिन्, ‘भाइरसले हाम्रो जीवन र जीविकालाई त्रासमा पारेको यो अन्तिम पटक हुने छैन। सत्य के हो भने अर्को निकै खराब हुनसक्छ। त्यो निकै सङ्क्रामक र घातक वा दुवै हुनसक्छ।’ उनले त्यस्तो अवस्था दोहोरिन नदिनका लागि अझै पर्याप्त आर्थिक आधार सहितको तयारी नगरिएको बताइन् । ओमिक्रोन भेरियन्टबारे उनले उत्परिवर्तन भएका स्पाइक प्रोटिनले त्यसको सङ्क्रामक क्षमता उच्च भएको देखाउने बताइन् ।

उनले खोप वा अन्य भेरियन्टले विकास गरेको प्रतिरोधी तत्व ओमिक्रोनबाट बच्न कम प्रभावकारी हुनसक्ने बताइन् । यद्यपि उनले सङ्क्रमण विरुद्धको घट्दो संरक्षण र मध्यम खाले रोगको अर्थ गम्भीर रोग र मृत्युबाट पनि खोपले नबचाउने भन्ने चाहिँ भइनहाल्ने बताइन् । उनले महामारीका बेला छिट्टै खोप र औषधिहरू बनेको प्रगतिलाई एउटा मापदण्डका रूपमा राख्नुपर्ने बताइन् ।

यो वर्षको सुरुमा महारानीको जन्मोत्सव पारेर सम्मानित भएकी डेम साराले चीनमा सुरुवाती भाइरस देखा परेकै समय अर्थात् सन् २०२० को सुरुतिर कोभिड खोप विकास गर्न सुरु गरेकी थिइन् । अक्सफर्ड–आस्ट्राजेनेका खोप अहिले विश्वमा व्यापक प्रयोग हुनेमा पर्छ जुन १७० भन्दा धेरै देशमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकअर्कामा आरोप प्रत्यारोपले सांसदको गरिमा खस्किएको छः सांसद पन्त

काठमाडौँ । म राजनीतिक पारिवारिक वातावरणमा हुर्किएकी हुँ । यसै सिलसिलामा राजनीतिक अधिकारका

पर्यटक तान्न खोटाङमा ‘तुवाचुङ मिनी ग्रेटवाल’

खोटाङ । तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपायाको मृत्यु

  मुग्लिन  । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन्

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्पपछि आसपासका देशहरुमा सुनामीको चेतावनी

बीबीसी । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि आसपासका