नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओमिक्रोन भेरियन्ट संक्रमण दुई जनामा भेटिएको पुष्टि गरेको छ । सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिएका हुन् ।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ ।

यो भेरियन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे वैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपायाको मृत्यु

  मुग्लिन  । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन्

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्पपछि आसपासका देशहरुमा सुनामीको चेतावनी

बीबीसी । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि आसपासका

अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरीः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल

जलवायु परिवर्तनका कारण हिउँ घट्दै जाँदा कालो पत्थरमा परिणत हुँदै हिमाल

ताप्लेजुङको टिप्ताला भञ्ज्याङबाट देखिएको नेपाल—चीन सीमावर्ती हिमाल । जलवायु परिवर्तनका कारण हिउँ घट्दै