कस्तो हो अफ्रिकामा देखिएको कोभिडको नयाँ भेरियन्ट ?



अतिसङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण बेलायतले ६ देशसँगको हवाई उडान स्थगित गरेको छ । बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने बताएका छन् ।

एक विज्ञले B.1.1.529  भनिएको उक्त भेरियन्टलाई “हामीले अहिलेसम्म देखेको सबैभन्दा खराब“ भनेका छन् र यो भेरियन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई तोड्नसक्ने भन्दै चिन्ता व्यक्त भएका छन् । यो भेरियन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वानामा गरी ५९ जनामा मात्रै पुष्टि भएको छ ।

बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडान स्थगित गरेको छ । जावेदले वैज्ञानिकहरू नयाँ भेरियन्टका कारण चिन्तित भएको बताउँदै यसबारे थप अध्ययन आवश्यक रहेको बताए । उनले नयाँ भेरियन्टमा धेरै उत्परिवर्तन भएको र त्यो सङ्ख्या डेल्टा भेरियन्टमा भन्दा दोबर हुनसक्ने बताए ।

उनले ती छ देशहरूलाई रातो सूचीमा राख्नुको कारण सावधानी र आफ्नो सीमाको सकेसम्म सुरक्षा गर्नु रहेको बताएका छन्। शुक्रवार मध्याह्नदेखि विगत १० दिनभित्र ती देश भ्रमण गरेका विदेशी र आयरल्यान्डका नागरिकहरूलाई इङ्गल्यान्ड प्रवेश निषेध गरिएको छ । ती देशबाट आउने ब्रिटिश नागरिकहरू आइताबारदेखि होटेलमा क्वारन्टीनमा बस्नुपर्ने र त्यसअघि घरमै एकान्तवासमा बस्नुपर्ने बताइएको छ । होटेल क्वारन्टीन प्रणाली स्थापित नभएसम्म ती देशसँग निलम्बित उडान नियमित नहुने बनाइएको छ ।

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको पत्ता लागेको हो । पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन । विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रबार उनीहरूसँग भेट्दै छन् ।

उनले भाइरसमा उत्परिवर्तन भएको सूची लामो भएका कारण एकजना वैज्ञानिकले यसलाई भयानक भनेर व्याख्या गरेको बताए । अर्का वैज्ञानिकले चाहिँ यो भेरियन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन् । नयाँ भेरियन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा सुरक्षाकर्मीसँगको भिडन्तमा ३१ माओवादीको मृत्यु

नयाँदिल्ली  । सुरक्षा बलले लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने प्रयास गरिरहेको बेला

प्यालेस्टाइन समस्याबारे छलफल गर्न आकस्मिक अरब शिखर सम्मेलन गरिने

काएरो ।  इजिप्टले प्यालेस्टिनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’ बारे छलफल गर्न फेब्रुअरी २७

मालीमा भएको आतङ्कवादी आक्रमणमा २५ सर्वसाधारणको मृत्यु

डाकार । उत्तरी मालीमा भएको संदिग्ध आतङ्ककारी आक्रमणमा कम्तीमा २५ सर्वसाधारणको मृत्यु हुनुका

माओवादीका कुन नेताले पाए कुन जिम्मेवारी ?(सर्कुलरसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । माघ