विदेशी ‘इन्ट्रेष्ट’ पसेपछि सर्वोच्चमा भाँडभैलो मच्चिएको होः सीपी मैनाली(अन्तरवार्ता)



काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले न्यायालयको विवादमा इन्डो पश्चिमा शक्ति छिरेको बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम बहसमा कुरा गर्दै महासचिव मैनालीले सर्वोच्च अदालतमा देखिएको विवादमा विदेशी शक्ति छिरेको बताएका हुन् ।

उनले न्यायालयको विवादमा राजनीतिक दलहरु चुप लागेर बस्नुमा पनि त्यहाँ विदेशी शक्ति छिरेको बुझ्न सकिने बताए । उनले बाह्य शक्तिको पछि लाग्दाको परिणाम न्यायालयमा देखिएको बताए ।

उनले न्यायालयमा देखिएको विवादको समाधान नभएको बताए । मैनालीले अब संसदीय प्रमणालीनै असफल भएको प्रमाणित भएकाले यो प्रणाली रहुन्जेल देशको विकास नहुने बताए ।

उनले जनमत र जनआन्दोलनबाट यस प्रणालीलाई हटाउनुपर्ने बताए । मैनालीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री र राष्ट्रपतिको हित्तचित्त मिल्दा ठूलो दुर्घटना हुनसक्ने सम्भावना भर्खरै नेपालको राजनीतिमा देखिएकाले संवैधानिक राष्ट्रपतिकोको व्यवस्था गर्नुपर्ने बताए । उनले संसदलाई सानो बनाएर संसदलाई कम खर्चिलो बनाउनुपर्ने बताए । उनले धर्म निरपेक्षतालाई हटाउँदै धमैमैत्री राज्य बनाउनुपर्ने बताए । उनले संघीयता कायम राख्दै प्रदेश भने खारेज गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद