कसले किन्यो आइन्स्टाइनको सापेक्षतासम्बन्धी पाण्डुलिपि ?



अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिक्री भएको छ ।

पेरिसस्थित क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान तोडेको छ । सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका उपलब्ध दुई मध्ये यो एउटा कागज हो । सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो ।

हिसाबकिताबको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्वीस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए। यी कागजात पनि बेसोले नै राखेका थिए । क्रिस्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोचको तारिफ गरेको छ ।

पाण्डुलिपिमा कालो कलमले हिसाबकिताब गरिएको छ र बेल्लोएका अनुसार सिद्धान्त तर्जुमा गर्ने दौरान त्यहाँ थुप्रै गल्ती देखिन्छ । लिलामी घर क्रिस्टिले यो बिक्रीले यी कागजातको महत्व बुझ्ने विश्वभरिका सङ्ग्रहकर्तालाई आकर्षित गरेको जनाएको छ ।

तर ५४ पृष्ठको यो पाण्डुलिपि कसले खरिद गरेको भन्ने खुलाइएको छैन । आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड, ग्रहका कक्ष र ब्ल्याक होलको उत्पत्तिमा थप स्पष्टता ल्याएको थियो । गत मे महिनामा आइन्स्टाइनको सबैभन्दा चर्चित E=mc²  इक्वेसनबारे उनले लेखिएको पत्र १२ लाख डलरमा अमेरिकामा बिक्री भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यामरुनको एउटा नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

क्यामरुन सरकारले आइतबार राजधानी याउन्डेस्थित एक रात्रिक्लबमा आतसबाजीका कारण भएको आगलागीमा परी कम्तीमा

तालिवान प्रतिनिधिमण्डल ओस्लोमा

अफगानिस्तानको सत्तामा फर्किएपछि युरोप भ्रमण गर्ने पहिलो तालिवान प्रतिनिधिमण्डलले आइतबार ओस्लोमा वार्ता सुरु

निर्वाचन कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई कानुनविदको सुझाव

काठमाडौं । कानुनविद्ले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ

राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल

काठमाडौं । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै