विवेकहीन प्रगति



डा. गोविन्दशरण उपाध्याय ।

अहिले विश्वभरी १३४१० वटा अणुवम, हाड्रोजन बम, नाइट्रोजनआदि वमहरू छन् । यी बमलाई एकै पटक प्रयोग गर्ने हो भने हाम्रो पृथ्वी खरानीमा परिणित हुन केवल ९ घन्टा लाग्छ । अर्थात् केवल ९ घण्टामा हाम्रो सुन्दर वासस्थल सधैंको लागि निर्जन, जीवनरहित र १८०० फरेन हाइट गर्मी भएको ग्रह बन्ने छ । मान्छेले मान्छेसँग लड्न र जित्न आविष्कार गरेको सबैभन्दा डरलाग्दो महाकाल हो । देशका सीमानाहरू बलियो बनाउँन, आफ्ना अमुक देश कति शक्तिशाली छ भनेर बाहुवल प्रदर्शन गर्ने “हिरण्यअक्ष शैली“ उदेक लाग्दो छ र परिणाम सोच्दा समेत आँग जिरिंग हुन्छ ।

स्टिफेन हकिंसले पृथ्वीको आयु १०० वर्ष तोकेका छन् । माथिल्ला शास्त्रहरूको प्रयोग हुने हो भने यसको आयु केवल ९ घण्टाको हुन्छ । पाँच अर्बवर्ष आयु मानिएको पृथ्वीको आयुलाई ९ घण्टामा सीमित पार्न सक्ने मानवीय “लडाकुपन“को निन्दा, आलोचना, भत्सना जे–गरे पनि थोरै हुन्छ । राजनैतिक उन्माद, व्यक्तिगत चरम उपयोगितावाद तथा स्वार्थ पूर्तिको शिक्षा दिने शिक्षाले कदापि उपरोक्त तत्थ्यहरूको आलोचना गरेको हुन्छ । जुन पलदेखि शिक्षालाई “स्वार्थपूर्ति“को भर्यांग बनाउँन आरम्भ गरियो, मान्छेको बुद्धि बढ्यो तर विवेक मर्यो र आफूलाई यमराजमा परिणित गर्यो ।

आजको मान्छे शिक्षित छ, प्रशिक्षित छ तर दीक्षित छैन । स्व. बालकृष्ण समले भनेझैँ मान्छे लडाई खेल्न मन पराउने प्राणी हो । मान्छे लडाई नगरी बस्नै सक्दैन । आज भौतिक युद्धहरू त्रासदीपूर्ण हुँदै गर्दा मान्छेले राजनैतिक युद्ध लडिरहेको छ । सित्तैमा प्राप्त हुने सुखसुविधा प्राप्तिको लागि विभिन्न वाद (समाजवाद, साम्यवाद, कुलीनवादआदिआदि) सृजित गर्दै सत्ताप्राप्तिको विवेकहीन युद्ध लडिरहेको छ । सम्प्रदायहरूको सृष्टि गरेर “स्वर्ग जाने र नर्क जाने“लडाई लडिरहेको छ । अहिलेका धेरैजसो लडाईहरू आधारभूत आवश्यकता प्राप्तिका लागि होइन “सुविधा“ प्राप्तिका लागि लडि़दै छन् । उपलब्ध सुविधा जोगाउनैका लागि “सुविधाहीन“को बाँच्न पाउने अधिकारसमेत गुम्दै छ ।

मान्छे आपसमा युद्ध नखेलून् भनेर धर्म र धार्मिकताको थालनी भयो तर धार्मिक (Religious) हरूले परमेश्वरको प्रसन्नताको लागि मान्छेकै हत्या गर्न थाले । कसैले क्रुसेड लडे भने कसैले जिहाद लड्दै छन् । उदेक लागि र विश्वास गर्न नै गाह्रो पर्ने तत्थ्य के हो भने शक्तिशाली अस्त्रशस्त्रझैं शक्तिशाली र विनाशक युद्धहरू पनि “इसाई–मुस्लिम“हरूको नेतृत्वमा लडिएका थिए भने उपरोक्त विनाशक हतियारहरू पनि जिससको आदेशमा हिड्ने इसाई वाहुल्य देशले निर्माण गरेका छन् । हिन्दू र बौद्ध समुदायले (पछिल्लो समय भारत र पाकिस्तानले पनि) भयानक मारक हतियारहरू बनाएर सुरक्षा होइन विनाश निम्त्याईरहेका छन् । ढुंगा, मूडा, झटारो, वाणले खेलिने युद्धहरूलाई “आणविक“ बनाउन सफलता प्राप्त गर्ने इसाई नै हुन् ।

सबै इसाई दोषी छैनन् तर इसाई वाहुल्य मुलुकहरूले विनाशक हतियारहरू निर्माण आफ्नै समुदायको अस्तित्वलाई पनि “९“ घन्टामा झारेका छन् । आजको मितिमा पनि यहुदी, इसाई र मुस्लिमहरू धार्मिक लडाई लडिनै रहेका छन् । राजनीतिगज्ञहरूलाई विश्वास गर्ने धर्मगुरुहरूको बर्चस्वले शान्ति कायम गर्ने धार्मिक समुदायहरू पनि आगो र पानीझैं एकअर्काको अस्तित्व मेट्न प्रत्यक्ष तथा अप्रत्यक्ष लडाईलडिरहेका छन् । जव राजनीति धर्मसँग (Religion) मिसिन्छ त्यसले विवेक गुमाउँछ र विवेकहीन सन्तानहरू उत्पन्न गरेर विश्वलाई झन् असुरक्षित बनाउन क्रियाशील हुन्छन् । रिलिजन विवेकहिन हुन्छ, त्यसैले उनीहरूको लडाई विना बाँच्न नै सक्दैनन् । लडाईको शिक्षालाई “शिक्षाविद्“हरूले “कम्पिटिशन“ भन्ने नाम दिएका छन् । विश्वास गर्नुपर्छ यही “कम्पिटेटिभ“ शिक्षाले नै जित्नै पर्छ भन्ने मनोभावको विकास हुँदै गर्दा विश्व १३४१० बटा नर्कको आगो माथि राखिएको छ । यही “कम्पिटेटिभनेस“ले हरेक व्यक्तिलाई विवेकहीन, अशान्त र लडाकु बनाएको छ ।

जवसम्म शिक्षाका विधाहरूबाट “कम्पिटेटिभ“ भन्ने अवधारणाको लोप हुँदैन मान्छेहरू अझैं लोभी र व्यक्तिगत सुख/खुसीका मरिमेट्ने छन् । उपरोक्त १३४१० बटा विनाशक बमहरूको निर्माणमा नेपालको कुनै पनि नागरिकको योगदान छैन । यदि बम खसालियो भने नेपाली नागरिकहरूले ज्यानको मूल्य दिएर “कम्पिटेटिभनेस“को धर्म निर्वाह गर्नुपर्ने हुन्छ । हामी नेपालीले कहिल्यै पनि नगरेका अपराधको सामूहिक तथा व्यक्तिगत दण्ड तिर्नुपर्ने हुन्छ । हामीलाई नखाएको विष लागेर मर्नुपर्ने हुन्छ । कसाई खानामा पुगेका बोइलर कुखुराको जति आयु छ, त्यत्तिनै आयु हामी सबैको छ । मर्ने र बाँच्ने दूवै प्रक्रिया “कम्पिटेटिभ“बाट प्रभाववित भएको छ ।

आधुनिक समाजले “प्रतियोगितात्मक“तालाई खेलका रूपमा होइन जीवनशैलीका रूपमा स्वीकार गरेको छ । आधुनिक प्रतियोगिता “युद्ध“ बनेको छ सुख–सुविधा प्राप्त गर्ने र भोग्ने प्रयोजनका लागि । मान्छेले सुखसुविधा प्राप्त गर्नुपर्छ तर यदि थोरै सुविधा प्राप्त गर्दा छिमेकीको जीवन सजिलो हुन्छ भने न्यूनसुविधामा सन्तुष्टि उचित हुन्छ । आधुनिकतावादमा “न्यूनसुविधामा सन्तुष्टि“ भन्ने धारणा नै उचित लाग्दैन ्र आफ्नो सन्तान वृद्धि गर्न बाघले अन्य भालेले जन्माएका सबै डमरुहरूको निर्मम हत्या गरेझैं आजको कम्पिटिटीभनेसले विश्वका सम्पूर्ण सुविधाहरू खोसेर आफ्नो बनाउन चाहन्छ । उदाहरणका लागि अमेरिकाले विश्वको ६०% सुखसुविधा भोग्छ, युरोपले ३०% सुविधा भोग्छ र अन्य १०% मात्र विश्वका लागि छोडिएको छ । १०% सुविधाहरूमा पनि पश्चिमा उपभोक्तावादीहरूकै बर्चस्व छ ।

धर्म (रिलिजन) को सबैभन्दा ठूलो समस्या सधैं आफ्नो पुरानो इतिहासलाई स्वर्णयुग ठान्नु हो । विश्वभरिका धार्मिकहरूले वितिसकेका घटनाहरूको बखान गरेर स्वाद लिन्छन् । उनीहरूसँग भविष्यको विश्व कस्तो हुनुपर्छ ? भन्ने कुनै धारणा हुँदैन । विश्वभरिका धार्मिक समुदायहरू भूतकालमा बाँच्न चाहन्छन् । उनीहरूका लागि वर्तमानको हरेक क्षण भूतकालको आगमन हुन्छ । प्राचीनकालदेखिनै दर्शनशास्त्र र विज्ञानले यो चिन्तनलाई चुनौती दियो । कमसेकम विश्वका मान्छेहरू “समान“तहमा बाँच्न पाउनुपर्छ भन्ने विचार अगाडी सार्यो तर स्वार्थले स्वीकार गरेन । समतामूलक चिन्तनहरूलाई सतहीरुपमा सम्मानित ठानियो तर व्यबहारमा उपयोग गर्न सधैं पछि हटियो । फलतः आजको मानवीय विश्व बारुदको डाँडामा बसेर चैनको मुरली बजाईरहेको छ । यद्यपि, ती बारुदको डाँडा निर्माण गर्न हामी नेपालीको कुनै भूमिका छैन । दण्डित हुनबाट भने हामी पनि जोगिने छैनौं ।

प्राचीन मानव विकसित थियो कि आधुनिक मान्छे विकसित छ ? यो प्रश्न निकै पेचिलो छ । विकसित मान्छेले पृथ्वीको उमेर घटाएर ९ घण्टामा झारेको छ भने अविकसित मान्छेले एउटा टुक्रा भोजनको लागि साथीको हत्या गरेको थियो होला तर उसले विश्वको आयु तोकेको थिएन । मान्छेको बुद्धि विकसित भयो, लोभ विकसित भयो, सुख भोग्ने इच्छा विकसित भयो, लडाई लड्ने तरिका विकसित भयो तर विवेकको विकास भएन । मान्छे सबै भयो तर विवेकशील भएन । शान्तिका नाममा अशान्तिको, मानवताका नाममा दानवता र समानताका नाममा कर्मकाण्डी भयो । यो सबै राजनीतिले गरायो । अर्थात् राजनीतिले “लड्न“ अभिप्रेरित नगरेको भए पृथ्वीको आयु नौ घण्टाको हुने थिएन, हामी मान्छे निरन्तर विवेकशील हुने थियौं ।

संगै हौँ, संगै भोजन गरौँ र विश्वको कल्याणका लागि सहकार्य गरौँ भन्ने वैदिक मार्गदर्शनले मान्छेलाई विवेकशील हुन प्रेरित गरिरहेकै बखत स्वार्थले जित्यो र मान्छेले माथिल्ला आदर्शहरूलाई विर्सेर विवेकहिन हुँदै स्वार्थका शरणमा पर्यो–अर्थात् राजनीति गर्न थाल्यौं र अहिले हामी सहित सम्पूर्ण पृथ्वीनै मान्छेको स्वार्थको भूमरीमा परेर राजनीतिज्ञहरूको कृपामा टिकेको ९ घण्टाको अनिश्चित जीवन जिउँदै छ । फेरि पनि. लडाईको खेल खेलिरहेको छ । यो खेलमा सहभागिता नजनाएका हामी नेपालीहरूले पनि खेलको विध्वंसक परिणाम भोग्नै पर्ने छ । हामी बाध्य पारिएका छौँ ।

अव हमी सुत्नु हुँदैन । हामी तन्द्रामा रहनु हुँदैन । हामी सम्मोहनबाट वाहिर निस्किनुपर्छ । हामी नेपालीहरूले उत्तराधिकारमा सुरक्षित विश्वको मन्त्र प्राप्त गरेका छौँ । विवेकशील समाजको संरचनाका लागि हामीले नेतृत्व लिनुपर्छ । विज्ञानमा विवेकको प्रयोग गर्ने थालनी हामीले गर्नुपर्ने छ । बारुदको डाँडामाथि बसेर रुन्चे मुरलीमा रमिरहेको समाजलाई विवेकशील बनाउँने जिम्मा हामी उपर आएको छ । यसका लागि हाम्रो अनुभव, जीवनशैली र इतिहास सबै सहयोगी छन् । यो अनुहारलाई स्वागत गर्ने कि तिरस्कार गर्ने हाम्रो हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा