अदालत यस्तो अराजकताको शिकार भएको छ यसमा सरकारको दायित्व बन्दैन ?
केशवप्रसाद भट्टराई ।
१. पार्टी विभाजित भयो,
केन्द्र र प्रदेश सरकारबाट हट्यो,
एमाले कमजोर भयो भन्नुहुन्छ तर कमजोर भएको एमाले चुनाव माग्छ र तपाइँहरू जनादेश माग्न जनतामा जानुलाई प्रतिगमन र असंवैधानिक भनिरहनु भएको छ ।
२. कमजोर एउटा एमालेसँग सबै मिलेर पनि चुनावमा भिड्ने साहस जुटाइरहनु भएको छैन ।
ओलीले गुड्डी मात्रै हाँके भन्नुहुन्छ तपाइँहरू त गर्ने ठाउँमा आउनु भएको छ नी अनि गर्न छोडेर गुड्डी हाँकेर नै धानिरहनु भएको छ नी ! भन्छन् त ।
३. जवाफ ओलीलाई र एमालेलाई होइन, जवाफ जनतालाई आफ्ना कामद्वारा दिनोस् ।
एमाले सरकारको पालामा भ्रष्टाचार भयो भनेको होइन, एकएकको छानबिन गराउनोस् न !
अदालत यस्तो अराजकताको शिकार भएको छ यसमा सरकारको दायित्व बन्दैन ?
संसद यस्तै हो, यही संसदको पुनःस्थापनाको गौरव गीत गाएर चुनाव जितिन्छ ?
४. देउवाजी र प्रचण्डजीले एमसीसीबारे संयुक्त रूपमा पठाएको पत्र के हो ?
कुन हैसियतमा लेखिएको हो ?
यसलाई संवैधानिक र राजनीतिक कसीमा कसरी हेर्ने ?
ओली सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा केही गम्भीर त्रुटी गरेको थियो, त्यसबारे काङ्ग्रेस र गठबन्धन सोच्नै सकिरहेको छैन र छेऊ छाउका अप्रमाणित र सस्ता सडकका नारा टिपेर राजनीतिकरूपमा मन बहलाइरहनु भएको छ ।
५. त्यसैले अब उत्तर ओली र एमालेसँग माग्ने होइन, उत्तर तपाइँहरूले दिने हो ।
६. तपाइँहरूको आश र त्राशमा बाँचेका दास बुद्धिजीवी, पेशा र वर्गीय दायित्वबाट भागेका पार्टीगत पेशागत र वर्गीय संगठन र कुराको भरमा राजनीति धानेका कार्यकर्ताको भरमा पार्टी सफल हुँदैन, यो हकमा तपाइँहरू सबै उत्तिकै दोषी हुनुहुन्छ त ।
स्वतन्त्र चेतलाई दण्ड दिने र निरूत्साहित गर्ने तपाइँहरू सबै अलोकतान्त्रिक हो, अनैतिक हो ! प्रतिगामी हो !
७. यस्तो राजनीति, यस्ता वुद्धिजिवी, यस्ता मिडिया, यस्तो निजामती सेवा, यस्ता सुरक्षा यन्त्रहरु र यस्ता अदालत बोकेर लोकतन्त्रका कुरा, न्याय, स्थीरता र समृद्धिका कुरा !