अधिकांश दक्षिण एशियालीमा कोभिडले घातक बनाउने जीन



अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले कोभिडमा हुने फोक्सो सङ्क्रमण र मृत्युको जोखिमलाई दोब्बर बनाउने जीन पत्ता लगाएका छन् । उनीहरूका अनुसार दक्षिण एशियाली मूलका ६० प्रतिशत र युरोपेली मूलका १५ प्रतिशत जनसङ्ख्यामा उच्च जोखिमको सो वंशाणुगत जीन भेटिएको छ ।

अध्ययनकर्ताहरूले कोभिडको जोखिम कम गर्न खोप नै प्रमुख भएको बताएका छन् । द नेचर जेनेटिक्सको अध्ययनले किन बेलायतका कुनै समुदाय र दक्षिण एशियालीहरू कोभिडको उच्च जोखिममा परेका हुन् भन्ने विषयमा प्रकाश पार्छन् । यद्यपि सो अध्ययनले त्यसलाई पूर्ण रूपमा व्याख्या भने गर्न सकेको छैन ।

वैज्ञानिकहरूले पूर्व अध्ययनको जगमा आर्टिफिशल इन्टेलिजन्स र नयाँ प्रविधि प्रयोग गरेर उच्च जोखिमका लागि एलजेडटीएफएल १ नामक जीनलाई जिम्मेवार ठहर्याएका हुन् । सो जीन अफ्रिकी मूलका दुई प्रतिशत र पूर्वी एशियाली मूलका १.८ प्रतिशत जनसङ्ख्यामा हुने आँकलन गरिएको छ ।

प्रमुख अध्ययनकर्ता प्राध्यापक जेम्स डेभिसले सो जोखिमपूर्ण जीनले सबै जनसङ्ख्यालाई समान असर नगर्ने कुरा पत्ता लाग्नु महत्वपूर्ण भएको बताए । तर उनले मानिसको उमेर लगायत अन्य धेरै कारणले व्यक्तिगत जोखिमलाई फरक पार्ने पनि बताए ।

उनले भने,‘किन कुनै समुदाय महामारीका कारण नराम्ररी प्रभावित भए भन्ने कुरा उनीहरूको सामाजिक–आर्थिक अवस्थाले पनि व्याख्या गर्न सक्छन्। हामीले हाम्रो वंशाणु परिवर्तन गर्न नसके पनि हाम्रो अध्ययनले उच्च जोखिमका जीन भएका मानिसहरूलाई खोपमा प्राथमिकता दिनुपर्ने देखाउँछ।’

अध्ययनकर्ताहरूले जोखिमपूर्ण जीनको उपस्थितिले मानिसको फोक्सोलाई कोरोनाभाइरसबाट बढी खतरा रहन्छ । उनीहरूको अनुमानमा सो जीनले फोक्सोले रोग प्रतिरोधका लागि बनाउने कोष निर्माणको सुरक्षात्मक प्रणालीलाई असर गर्छ । फोक्सोका ती कोष जब कोरोनाभाइरसको संसर्गमा पुग्छन् तब प्रतिरोधको एउटा उपाय स्वरूप ती कोषहरू भाइरसलाई कम प्रश्रय दिने खालका कोषका परिणत हुन्छन् ।

यो प्रक्रियाका कारण कोषमा कोरोनाभाइरस टाँसिने एसीई–२ नामक प्रोटिनको मात्रा कम हुन्छ । तर एलजेडटीएफएल १ जीन भएका मानिसहरूमा कोषबाट प्रोटिन कम हुने प्रक्रियाले राम्ररी काम नगर्ने देखिएको छ जसले गर्दा फोक्सोका कोषहरू कोरोनाभाइरसको उच्च जोखिममै रहन्छन् ।

वैज्ञानिकहरूले सो जीनले फोक्सोलाई असर गरे पनि शरीरको रोगप्रतिरोधी क्षमतालाई भने असर नगर्ने बताएका छन् । यसको अर्थ उच्च जोखिमका मानिसहरूले पनि खोपबाट फाइदा लिन सक्ने उनीहरू बताउँछन्।

वैज्ञानिकहरूले यो खोजले फोक्सोका केन्द्रित औषधिहरूको विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरेका छन् । हाल प्रयोगमा रहेका औषधिहरू रोगप्रतिरोधी क्षमता निर्माणमा केन्द्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यामरुनको एउटा नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

क्यामरुन सरकारले आइतबार राजधानी याउन्डेस्थित एक रात्रिक्लबमा आतसबाजीका कारण भएको आगलागीमा परी कम्तीमा

तालिवान प्रतिनिधिमण्डल ओस्लोमा

अफगानिस्तानको सत्तामा फर्किएपछि युरोप भ्रमण गर्ने पहिलो तालिवान प्रतिनिधिमण्डलले आइतबार ओस्लोमा वार्ता सुरु

निर्वाचन कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई कानुनविदको सुझाव

काठमाडौं । कानुनविद्ले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ

राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल

काठमाडौं । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै