आयुर्वेदको गरिमा, प्रभाव र उपयोगिता जीवन्त राख्ने काम वैद्यराजहरूकै हो



डा. गोविन्दशरण उपाध्याय ।

कुनै वेला नेपाल राष्ट्रले आयुर्वेदका प्रवर्तक श्री धनवन्तरीको राष्ट्रिय सम्मान गरेको रहेछ । २०३४ सालको यो टिकट आयुर्वेद प्रेमी, आफ्नो मौलिक सीप प्रति जिज्ञासु, र नेपाल विश्वको जरोकिलो बन्नु पर्छ भन्ने उत्साहपूर्ण मान्यता राख्नेहरूप्रति गौरवको कुरा हो । छिमेकी भारतमा आजसम्म राष्ट्रले धन्वन्तरीको यस्तो सम्मान गरेको बुझिएन । यस विषयमा हामी अगाडी रहेछौँ र अगाडी रहने छौँ ।

चरक संहिताको आधा श्लोक मलाई थाहा छ “आहारः विहारः निहारः योगा । सदैव सिद्धिर्निजिते विधेयाः अर्थात् जसले खानपान, यौनक्रिया तथा काम र निन्द्राको संयमित उपयोग–उपभोग गर्छ उसले विधाताले निर्माण गरेको भाग्यलाई समेत जित्न सक्छ“ भनेको मान्छु । वैदिक शास्त्रले खानपान, यौनाचार र सन्तुलित निन्द्रालाई स्वास्थ्य जीवनका लागि अनिवार्य मानेको छ । यदि कसैले आयुर्वेदको यो सुझावलाई “अन्धविश्वास ठान्छ“ भने अस्वस्थ्य जीवनका लागि स्वयं आफैं जिम्मेदार हुन्छ ।

आजको यो पुण्य अवसरमा आयुर्वेदको क्षेत्रमा आफ्नो जीवन अर्पित गरेका ज्ञात तथा अज्ञात वैद्य, वैद्यराजहरूप्रति सम्मान व्यक्त गर्दछु । साथै वर्तमानमा आयुर्वेदको सम्मानका खातिर सांस्कृतिक, सामाजिक तथा राजनैतिक युद्ध लडिरहनु भएका बैद्यजीहरूप्रति पनि सम्मान व्यक्त गर्दछु । साथैं वैद्यराजहरूले “डाक्टर“ लेख्ने मोह त्यागेर वैद्य, आयुर्वेदाचार्यजस्ता रैथाने परिचय नै पर्योग गर्दा कस्तो होला ? भन्ने सुझाव पनि दिन चाहन्छु । म आयुर्वेदको विद्यार्थी होइन तर स्वस्थ्य जीवन चाहन्छु र मेरो नेपाली शरीरलाई नेपाली रैथाने आयुर्वेद बढी प्रभावकारी छ भन्ने विश्वास पनि राख्छु । आयुर्वेदको गरिमा, प्रभाव र उपयोगिता जीवन्त राख्ने काम वैद्यराजहरूकै हो ।

आयुर्वेद नेपालीको रैथाने स्वास्थ्य विज्ञान हो । यसको संरक्षण र विस्तार हुनुपर्छ । एलोपैथी र आयुर्वेद एकआपसमा पूरक हुन सक्छन् तर प्रतियोगी बन्नु हुँदैन । आयुर्वेद र एलोपैथी दूवै स्वास्थ्यका लागि महत्वपूर्ण छन् । स्वास्थ्य जीवनका लागि भगवान् धन्वन्तरीले दिएका उपदेशहरूमा अमल गरौँ ।शारीरिक, मानसिक तथा आध्यात्मिक रूपका स्वास्थ्य रहौं । सात्विक भोजन गरौँ । दैनिक योग गरौँ र उमेरअनुसारको दैनिकी बनाएर स्वास्थ्य रहौं । अमेरिका होस् वा वेलायत, जहाँ वसे पनि मान्छे स्वास्थ्य रहनुपर्छ । अस्वस्थ्य खानपान, यौनाचार र अनियमित निन्द्राले रोगी बनाउँछ ।
भगवान् धन्वन्तरीको प्रकट्य दिवस तथा यमपंचकको पहिलो दिनको हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघात भएपछि पूर्वयुवराज पारस नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार हृदयघात भएपछि

सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छः सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने

मनकामनाबाट फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु

गोरखा । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४