प्रतिनिधिसभा बैठकमा बिहीबार पनि एमालेको नाराबाजी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेले बिहीवार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको हो ।

सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गर्नासाथ एमाले सांसदहरु वेलमा आएर नाराबाजी गरेका थिए । एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले बाढी पीडितको लागि राहतका लागि समसामयिक विषयमा ध्यानाकर्षण गराउनका लागि संसद संचालनमा सहयोग पुर्याउन आग्रह गरेका थिए ।

तर एमाले सांसदहरुले नाराबाजी गरिरहे । भदौ २३ गते प्रतिनिधि सभाको अधिवेशन शुरू भएको दिनदेखि एमालेले संसदमा अवरोध गरिरहेको छ । एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुखले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत