जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत पाएका छन् । बुधबारको मुख्यमन्त्री राउतले प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ र प्रदेशसभाको कार्य संचालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्तावमा मत विभाजन गर्दा राउतको पक्षमा ७७ प्रदेश सांसदले मत दिएका थिए ।
त्यस्तै विपक्षमा २३ जनाले मत दिएका छन् । सभामा एकसय जना प्रदेशसभा सदस्य उपस्थित थिए । प्रदेश २ मा १ सय ४ जना प्रदेश सांसद छन् ।
जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका ८, नेकपा (एकीकृत समाजवादी) को १३, नेपाल संघीय समाजवादी पार्टीका १ र १ जना स्वातन्त्र सांसदको सरकारलाई समर्थन छ । लोसपाका १६ जनामध्ये १५ जना, एमालेका ८ जना गरी २३ जना विपक्षमा मत दिएका थिए ।

प्रतिक्रिया