एक्वेडरको कारागारमा भएको झडपमा एकसय भन्दा बढीको मृत्यु



एक्वेडरको कारागारमा भएको झडपमा परी एकसय भन्दा बढीको मृत्यु भएको छ । त्यहाँ बन्दी गृहका दुई समूहबीच झडप भएको थियो । मङ्गलवार ग्वायाकइल सहरस्थित जेलमा भएको झडपमा कम्तीमा पाँच जना बन्दीको टाउको काटिएको जनाइएको छ ।

अन्यको गोली प्रहार गरेर हत्या गरिएको थियो । एकजना प्रहरी कमान्डर फास्तो बुएनानोका अनुसार बन्दीहरूले ग्रेनेड समेत फ्याकेका थिए । स्थिति नियन्त्रणमा लिन ४०० प्रहरी अधिकारी परिचालन गर्नुपरेको थियो ।

उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो। । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कारागारभित्र त्यस्तो गराउनका लागि शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहले निर्देशन दिएको थियो ।

उक्त गिरोहले हाल एक्वेडरमा काम गरिरहेको बताइएको छ । एक्वेडरको बन्दी गृहहरू हेर्ने एक जना निर्देशकले स्थानीय रेडियोसँगको कुराकानीमा त्यहाँको अवस्था डरलाग्दो भएको बताए ।

त्यहाँ गत फेब्रुअरीमा भएको झडपमा ७९ बन्दी मारिएका थिए । प्रहरी अधिकारीका अनुसार एउटा भवनमा रहेका बन्दीहरूले अर्को भवनसम्म पुग्न घिस्रिएर सानो सुरुङ हुँदै अघि बढेका थिए ।

त्यसपछि उनीहरूले विपक्षी समूहका सदस्यमाथि आक्रमण गरे । घटनमा ५० भन्दा बढी कैदीहरू घाइते भएका छन् । राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

‘क्षणिक स्टन्टवाजी गर्ने र विदेशीसँग हात थाप्ने तर प्रभावित नागरिकलाई अलपत्र पार्ने दुष्कर्म नगरौं’

डा. बाबुराम भट्टराई नेपालको विपद् व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा