काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
भेटमा उनीहरुबीच सरकार विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । आफ्ना तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा निर्णय गर्न आजै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।
त्यसअघि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । प्रधानमन्त्री भएको तीन महिना पुग्न लाग्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । लामो समयसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्रीको सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया