एमसीसीबारे सरकारलाई सम्झाउन अमेरिकी अधिकारीहरुनै नेपाल आउनुपर्ने हो ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चार माध्यामप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार विभिन्न सञ्चार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको भन्दै असन्टुष्टि जनाएका हुन् ।

उनले सरकारलाई सञ्चार माध्यामहरुले खवरदारी गर्न नपुगेको बताए । उनले भने, ‘सरकारलाई खवरदारी गरेन भने लापरबाही जस्तो हुँदो रहेछ । अहिलेको सरकारले यस्तै गरेको छ । अहिलेको सरकारलाई खबरदारी पुगेनकि जस्तो लाग्छ । संविधान, कानुनको मतलव छैन ।’ अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्ने भएकाले आफू चिन्तित भएको बताए । अध्यक्ष ओलीले सरकारले बजेटमार्फत् कालो धनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाए । सरकारको सो निर्णयले नेपालमा विपत्ति ल्याउने ओलीको दावी थियो । तर आफ्नो पार्टीेले कालो धनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने उनले बताए ।

अध्यक्ष ओलीले एमसीसीबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन् । उनले एमसीसीबारे सरकारलाई सम्झाउन अमेरिकी अधिकारीहरुनै नेपाल आउनुपर्ने हो भन्दै प्रश्न गरे । उनले भने, ‘एमसीसीकासम्बन्धमा सरकारको दृष्टिकोण के हो ? १६५ सिट भएको सरकारको । पारित गर्ने हो कि होइन, हामीलाई केही सेयर गर्नु भएको छैन ।’

अध्यक्ष ओलीले संसदले कामै गर्न नसकेको अवस्थामा मुलुक अर्लि इलेक्सनमा जानुपर्ने बताए । उनले भने, ‘सरकारले काम गर्न सकेन । त्यसले निर्वाचनमा जानुपर्छ । एमालेले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनेछ । जेट चाहिँ दुई वटै पाइलटले चलाउँछन् र राम्रै चलेको देखिन्छ । तर पार्टी चाहिँ हुने रहेनछ । दुईटाले चलाउँदा पाँच वर्ष चलेन । अब चुनावपछि बहुमत ल्याएर एकल पाइलटले डेभलपमेन्टका लागि सुपरफास्ट जेट चलाइन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु

आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

काठमाडौँ । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति

‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको