कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, १२७९ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७९१३९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७६११५४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११०९६ पुगेको छ । क्वारेन्टाइनमा २३० जना रहेका छन् भने आइसोलेसनमा १९१४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।