३६ वर्षअघि मैले देखेको सपना



महावीर पुन ।

लौ हेर्नुस्, आज भन्दा ३६ बर्ष अगाडी मैले देखेको सपना अथवा कल्पना। यस्ता सपनाहरु देखि रहन्थे र कल्पनाहरु म कोरी रहन्थें। यो चित्र कोर्दा मैले अमेरिका पढ्न जाने कुरा सोचेको पनि थिएन। त्यति बेला मैले चितवनको खैरहनी माध्यमिक बिद्यालयमा बिज्ञान र गणित बिषय पढाउँदथें। किन र कसरी यो सपना कोरेको थिएँ भन्ने कथा पढ्नु होस्।

मैले १० क्लासमा पढ्दा अमेरिकाले पठाएको Apollo 11 रकेट मान्छे सहित चन्द्रमा मा पुग्यो भनेर रेडियोमा समाचार सुनेको हो। उति बेला टेलिभिजन नभएकोले र पत्र पत्रिका पनि नपाईने हुनाले फोटो देख्न पाइएन। अनि क्रमश अमेरिकाले Apollo 12, Apollo 13, Apollo 14 , Apollo 15, Apollo 16 र Apollo 17 रकेटहरुमा मान्छेहरु चन्द्रमा मा उतारेको खबर गाउँलेहरुको रेडियोमा सुनेको हो। त्यति बेला रेडियो किन्न पनि निकै पैसा लाग्दथ्यो र म संग त्यति पैसा कहिले पनि भएन। मेरो शिक्षकको तलबले रेडियो किन्न आँट आएन। जे होस रेडियोमा समाचार सुन्दा पनि एक किसिमको तरंग र उर्जा आउंथ्यो। अनि बिज्ञान बिषय पढाउँदा झनै आनन्द आउंथ्यो। त्यसैले मैले शिक्षकहरु र बिद्यार्थीहरु संग मिलेर देउसी भैलो खेलेर र अन्य श्रोतहरु बाट उठेको पैसाले स्कूलमा एउटा विज्ञानको ल्याब पनि बनाएका थिएँ ।

त्यति बेला नेपालमा अहिलेको जस्तो प्राईभेट कलेजहरु र बिश्वबिद्यालायहरु थिएनन्। त्रिभुबन बिश्वबिद्यालयको पढाईले मात्र पुग्दैन र नेपालमा राम्रा राम्रा कलेजहरु खोल्न सक्यो भने कति राम्रो हुन्थ्यो होला भन्ने लाग्दथ्यो । त्यसैले सन् १९८५ तिर यस्ता शैक्षिक संस्थाहरु खोल्न पाए हुन्थ्यो भनेर मलाइ सोच आई रहन्थ्यो। तर त्यति बेला यस्तो सपाना साकार पार्न म संग कुनै आइडिया नै थिएन। तर मलाई के थाहा थियो भने यस्तो सपना पुरा गर्न पक्कै पनि धेरै समय लाग्दछ। त्यसैले मैले सन् १९८७ लाई आधार मानेर यस्तो ठुलो सपना पुरा गर्न ४० बर्ष ता पक्कै लाग्ला नि भनेर यहाँ तल दिईएको खाका सन् १९८५ मा कोरेको थिएँ।

अधिकांश मान्छेले आफुले सोचे जस्तो जिन्दगीमा कहिले पनि पुग्दैन। मेरो पनि पुग्ने कुरै भएन। मैले त्यति बेला मनमा आएको भावनालाई चित्रमा कोरेको मात्र थिएँ र आफुलाई निकै रोमाञ्चित पारेको Apollo Mission को नाम दिएको थिएँ। कालान्तरमा अमेरिकामा पढ्न जाने मौका पनि मिल्यो जुन कुरा मैले यो चित्र कोर्दा सोचेको पनि थिएन। अनि आजभोली राष्ट्रिय आविष्कार केन्द्रको अभियानमा लागेको छु तर आज भन्दा १० बर्ष अगाढी सम्म मैले यसको बारेमा सोचेको पनि थिएन। कसैको पनि जिन्दगीमा सोचेको जस्तो नहुन पनि सक्छ। अनि कहिले काहीं सोच्दै नसोचेको काममा हात पनि हाल्नु पर्ने हुन्छ।

केहि साथीहरुलाई म ता अमेरिकाको एजेन्ट पहिले देखि नै रहेछ नि भन्ने लाग्ला। म Apollo Mission को समर्थक चाहि पक्कै हुं किनभने अहिले हामी सर्ब साधारण जनताले प्रयोग गर्ने कम्प्युटर, मोबाईल सहित अन्य धेरै टेक्नोलोजीहरुको बिकास त्यहि Apollo रकेटको बिकासको क्रममा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघात भएपछि पूर्वयुवराज पारस नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार हृदयघात भएपछि

सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छः सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने

मनकामनाबाट फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु

गोरखा । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४