आगामी अप्रिलसम्म ८० प्रतिशत नागरिकलाई खोपः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशत नागरिकलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई गएराति सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड १९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा राष्ट्रपति बाइडेनले आयोजना गरेको भर्चुअल सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले सम्बोधन गरेका थिए । शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६ औं सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दैछन् ।