काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने सम्भावना छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो ।
एमालेको अवरोधबीच नै प्रतिस्थापन विधेयक पास गर्ने तयारी छ। एमालेले केही समयदेखि निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ । संसदमा देखिएको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आयोजाना गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओली उक्त बैठकमा सहभागी भएका थिएनन्।

प्रतिक्रिया