कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै



काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले  आजदेखि परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले जानकारी दिएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो । विषम् परिस्थिति भएकोले यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ ।

साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ । यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीगण्डकी करिडोरको बादरजुङ र काभ्रेभिरको यात्रा अब सहज

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ,

योगी आदित्यनाथको तस्बिर प्रधानमन्त्रीको निर्देशनमा प्रयोग गरिएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको

बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । बलातकार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका

काठमाडौं महानगरले राप्रपालाई गर्यो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ