निपा भाइरसबाट कसरी जोगिने ?



छिमेकी भारतका केही स्थानमा निपा भाइरसको सङ्क्रमण देखा परेको विवरण सार्वजनिक भएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । अहिलेसम्म नेपालमा कसैमा सङ्क्रमण भएको पुष्टि नभए पनि देशका ११८ अस्पताल र स्वास्थ्यसंस्थामा शङ्कास्पद बिरामीहरू देखिए बेलैमा जानकारी गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । भारतको केरलास्थित कोझिकोडमा एकवर्षे १२ वर्षे बालकको ज्यान गएसँगै नेपालले पनि सतर्कता बढाइएको हो । बीबीसी हिन्दीका अनुसार बिज्नस स्ट्यान्डर्ड पत्रिकाले भारतमा थप दुई जनामा निपा भाइरसको सङ्क्रमण पुष्टि उल्लेख गरेको छ । सन् २०१८ को मे महिनामा पनि केरलामा निपा भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। त्यस बेला त्यहाँ १७ जनाको उक्त भाइरसका कारण मृत्यु भएको थियो।

निपा भाइरस के हो?
एनआईभी भनिने निपा भाइरसको सङ्क्रमण तुलनात्मक रूपमा नयाँ किसिमको रोग हो । मन्त्रालयका अनुसार निपा भाइरस पशुबाट मानिसमा सर्छ र यसले गम्भीर प्रकृतिको रोग लाग्छ । उक्त भाइरस प्राकृतिक रूपमा “फ्रूट ब्याट“ जातको चमेरोमा पाइने बताइएको छ । मन्त्रालयका अनुसार निपा भाइरसले मस्तिष्कमा सङ्क्रमण गराउँछ।

सुरुमा यो भाइरसले श्वासप्रश्वास सम्बन्धी समस्या गराउँछ । भारतको पश्चिम बङ्गाल र बाङ्ग्लादेशमा उक्त भाइरस देखा परिसकेको र पछिल्लो समय दक्षिण भारतको केरलामा भाइरस फेला परेसँगै नेपालमा पनि सतर्कता बढाइएको अधिकारीहरू बताउँछन् । भाइरस पशुपक्षीबाट मानिसमा सर्ने भएकाले यसलाई जूनोटिक रोग भन्ने गरिन्छ । प्रायः सुँगुर, बङ्गुर र फलफूल खाने चमेरोमा सङ्क्रमण भएपछि मानिसमा पनि मानिसमा सर्ने मन्त्रालयको भनाइ छ ।

यो भाइरस पशुबाट पशु, पशुबाट मानिस र मानिसबाट मानिसमा पनि सर्न सक्छ । सङ्क्रमित मानिसबाट यो भाइरस मानिसमा पनि सर्न सक्छ। त्यसैले कोभिड महामारीमा जस्तै मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड महत्वपूर्ण मानिन्छ । सङ्क्रमित जनावरको तरल पदार्थसँग संसर्गमा आएका जुनै उमेर समूहका मानिसलाई प्रभाव पर्ने बताइएको छ । भारतमा सङ्क्रमण फैलाउने चमेरो नेपालमा पनि पाइने, सुँगुरपालन कृषकहरूको रोजाइमा परेको व्यवसाय रहेको र मानिसबाट मानिसमा सर्न सक्ने हुँदा नेपाल जोखिममा रहेको डा. शेरबहादुर पुन बताउँछन् । त्यसै कारण पनि नेपालमा भाइरस आउन सक्ने स्थानमा सङ्क्रमण पुष्टि हुँदैखेरि सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन्।

लक्षण के हुन् ?
निपा भाइरसका लक्षणमा ज्वरो आउने, टाउको दुख्ने र मानिसहरू छिट्टै बेहोस जस्तो गराउने र एकदमै छिटो गम्भीर अवस्थामा भाइरसले पुर्याउन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल बताउँछन् । त्यसबाहेक रिँगटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलको सुजन पनि प्रमुख लक्षणमध्ये रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

भारतसँग नेपालको खुला सीमा रहेकाले यसको जोखिम नेपालमा रहेको बताइन्छ । मन्त्रालयका अनुसार यो भाइरसको सङ्क्रमणको निश्चित उपचार छैन। यो भाइरसविरुद्ध खोप पनि बनिसकेको छैन । तसर्थ यसबाट जोगिने कुरामा ध्यान दिनुपर्ने हुन्छ।भाइरसबाट बच्नका लागि बिरामी पशुपक्षीनजिक नजाने र पशुपक्षीसँगै काम गर्ने व्यक्तिहरू होसियार रहनुपर्ने हुन्छ । त्यस्तै तरकारी, माछामासु राम्रोसँग पकाएर र फलफूल राम्रोसँग पखालेर खानुपर्ने हुन्छ। सरसफाइमा पनि ध्यान दिनुपर्ने हुन्छ । गाईबस्तुका गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर पिउने, बेलाबेलामा साबुन पानीले हात धुने र भिडभाडमा मास्क लगाउनाले भाइरसको रोकथाम गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ ।

कोभिड र निपा भाइरस कसरी छुट्टाउन सकिन्छ?
प्रारम्भिक लक्षणले कोभिड वा निपा भाइरसमध्ये कुनबाट मानिसहरू सङ्क्रमित भएका हुन भन्ने कुरा थाहा नहुन सक्ने अधिकारीहरू बताउँछन् । तर निपा भाइरसले मस्तिष्कमा असर गर्छ र मानिसहरू छिट्टै बेहोस हुने सम्भावना रहन्छ । यो भाइरस सरेपछि बिरामीले काम्ने गरेको पनि पाइएको छ । यसको मृत्युदर उच्च छ। सङ्क्रमितमध्ये दुई जनामा एक जनाको मृत्यु हुन सक्छ।

केही तथ्य
-मृत्यु दर ४० देखि ७५ प्रतिशत रहेको अनुमान गरिएको छ
-भाइरस मानिसमा सुँगुर र चमेराजस्ता जनावरबाट सर्न सक्छ
-दूषित खाद्य पदार्थबाट पनि यो भाइरस सर्न सक्छ र यो मानवबाट मानवमा पनि सर्न सक्छ
-मानिस वा जनावरका लागि यो भाइरसबाट जोगिने उपचार वा खोप छैन
मानिसहरूका लागि प्राथमिक उपचार भनेकै हेरचाह हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि

माधव नेपाल र विप्लवसँग पार्टी एकताको कुरा भइरहेको छः अध्यक्ष प्रचण्ड

काँक्रेविहार (सुर्खेत)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

बालेन भन्छन् -तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाइएछ, नआत्तिनु, समय आउँछ

काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन साहले घरेलु बाल श्रमिक राखेको आरोप लागेकी

सरकारलाई अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छः उपमहासचिव शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग