एमसीसीको विरोधमा चन्द नेतृत्वको नेकपाद्वारा काठमाडौंमा प्रदर्शन


काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार माइतीघरबाट सुरु भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।

उनीहरुले एमसीसी सम्झौता स्वीकार्दा देश अस्थिरतामा फस्ने भन्दै सम्झौता खारेजीको माग गर्दै नाराबाजी गरेका छन् । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।