सङ्घीय संसद्को दशौँ अधिवेशन आजदेखि सुरु हुँदै


काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् । गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।