एक दुईवटा पात पहेँलिएर झर्दैमा केही फरक पर्दैनः केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेर आफूहरुलाई कुनै फरक नपर्ने बताएका छन् ।

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले पटकपटक सम्झाउँदा पनि नेता नेपालले पार्टी फुटाएको बताए ।

उनले पार्टी फुट नराम्रो भए पनि त्यसले असर नपर्ने बताए । उलने भने, ‘एक दुईटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन। एक दुईवटा पात पहेँलिएर झर्छन्। रुखले पीर मानेर बस्छ? अर्को टुसो हाल्छ ।’

उनले एमालेले नेताहरुका नयाँ नयाँ पंक्ति सिर्जना गर्दै जाने पनि बताए। उनले भने,‘ एमाले जनताले माया गरेको पार्टी हुनेछ । अरुले सबैको भोट जोड्दा पनि हाम्रो कम्मर कम्मर पनि आइपुग्दैन। हामीले प्रतिस्पर्धा हुन दिने होइन। एमालेको एकातिर र अरुको अर्कातिर हुँदा पनि कम्मर कम्मरमा मात्रै आउँछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा