कस्तालाई राजदुत ?



केशवप्रसाद भट्टराई ।
१. कुनै मन्त्री वा सचिव खास गरेर मन्त्रालय विशेषको प्रतिनिधि हुन्छ तर राजदुत सिङ्गो राष्ट्र, राज्यको प्रतिनिधि भएर अर्को देशमा गएको वा अर्को देशबाट आएको हुन्छ ।
अर्थात् ऊ आफ्नो मुलुकको सरकार,सरकार प्रमुख, राष्ट्र प्रमुखको साथसाथै सम्पूर्ण जनता र सवै राज्य संयन्त्र र अङ्गको समेत प्रतिनिधि हुन्छ ।
र हेक्का रहोस ऊ आफू पठाइएको मुलुकमा आफूलाई नियुक्त गर्ने मुलुकलाई प्रतिनिधित्व गर्दछ तर आफूलाई जुन मुलुकमा पठाइएको छ –त्यो मुलुकलाई आफ्नो देशमा प्रतिनिधित्व गर्दछ ।
यसरी उसले दुवै मुलुलाई प्रतिनिधित्व गरेको हुन्छ ।
त्यसैले उसको नियुक्तिलाई सम्बन्धित मुलुकले समेत स्वीकृति दिनु पर्ने व्यवस्था रहेको हो ।

२. त्यसैले आवश्यक पर्दा कमसेकम अत्यन्त महत्वपूर्ण मुलुकमा राजदुत बनाएर पठाउँदा दुवै मुलुकका राष्ट्र र सरकार प्रमुखसँग सोझै सम्पर्क राख्नसक्ने व्यक्तिलाई पठाउने गर्नुपर्दछ ।
छैनन् भने तयार गर्नु पर्दछ –– राज्यले त्यस्ता व्यक्ति ।
जस्तो राजा महेन्द्रले भारतमा राजदुत बनाएर पठाएका यदुनाथ खनाल प्रधानमन्त्री इन्दिरा गान्धीलाई फोन गरेर म आउँदै छु भनेर जाने गर्दथे र
इन्दिरा गान्धी तयार भएर बस्थिन् ।
पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई त्यसै पठाएका थिएनन् राजा महेन्द्रले अमेरिकाकालागि राजदुत बनाएर,
असाधारण विद्वताका व्यक्ति थिए मातृकाप्रसाद ।
मातृकाप्रसाद र सूर्यप्रसाद उपाध्यायको विद्वतासामू आफू केही पनि नभएको स्वीकारोक्ति छ वीपीको –भोला चटर्जीसँगको एउटा कुराकानीमा ।

३. त्यसैले राजा र मातृका बाबुले प्रोटोकल नबुझेको होइन,
संसारमा यस्ता धेरै अभ्यास छन् ।
पूर्व अमेरिकी राष्ट्रपति निक्सनले चीनमा राजदुत भएर जाने इच्छा गरेका थिए ,
पूर्व ब्रिटिस प्रधानमन्त्री एडवर्ड हिथले अमेरिकामा राजदुत भएर जाने इच्छा गरेका थिए ।
दुवैलाई पठाउने तयारी पनि भएको थियो, पछि केही राजनीतिक र केही कूटनीतिक कारणले रोकियो ।

४. राष्ट्रपति केनेडीले भारतसँग विशेष सम्बन्ध राख्ने आवश्यकता अनुभव गरे र विश्व विख्यात अर्थशास्त्री जोन केनेथ ग्यालब्रेथलाई पठाए ।
नेहरू र उनका सरकारका सवै मन्त्रीहरू, भारतमा रहेका कूटनीतिक समुदायका व्यक्तिहरू र भारतीय वौद्धिक समुदाय नतमस्तक थियो ग्यालब्रेथसँग ।
त्यसैले उनले चाहेको बेलामा जो कोहीसँग भेट्न सक्थे र भारत सरकारका उच्चाधिकारी, मन्त्री र प्रधानमन्त्रीहरू पनि उनलाई भेट्न सधैँ इच्छुक रहन्थे ।
ग्यालब्रेथपछि भारतसँग निकटरूपमा परिचित र सम्मानित भारत र नेपालमा पूर्ब राजदुत भैसकेका चेस्टर बावल्सलाई फेरी राजदुत बनाएर पठाए केनेडीले ।
उनीहरूले विदेश मन्त्रालय मार्फत नभएर सोझै राष्ट्रपति र ह्वाइट हाउसमा सम्बन्ध र सम्पर्क राख्ने विशेष सुविधा र सहुलियत सहित पठाएका थिए उनले ग्याल्ब्रेथ र बावल्सलाई भारतमा ।

५. नेहरूको निधन पछि भारतले नेपालसँग नयाँ आधारमा सम्बन्ध विकास गर्ने लक्ष राख्यो ।
प्रधानमंत्री लालबहादुर शास्त्रीलाई नेपालसँग सम्बन्धमा आग्रह रहित भएर फ्रेस स्टार्ट गर्न मन लाग्यो ।
उनले नेपाल र भारत लगायत दुनियाँभरी सर्वोदय आन्दोलनका कारण प्रतिष्ठित र पूर्वीय ज्ञान र विज्ञानका प्रकाण्ड विद्वान आचार्य विनोवा भावेसँग परामर्श गरे ।

विनोभा भावेको सर्वोदय आन्दोलनको आर्थिक पक्षको बारेमा अध्ययन र अनुसन्धान गरिरहेका अर्थशास्त्री श्रीमन नारायणको नाऊ आयो ।
प्रधानमन्त्री शास्त्रीले उनलाई नेपालमा राजदुत भएर जान अनुरोध गरे ।
नारायण अन्कनाए पछि विनोवा भाबेले सम्झाए–राष्ट्रको आवश्यकता हो भनेर,
अनि नारायण नेपाल आए —राजदुत भएर !
उनले नेपालसँगको भारतको सम्बन्धलाई ऐतिहासिकरूपमा सुखद र सुमधुर बनाए ।
उता शास्त्री यता राजा महेन्द्र दुवैसँग चाहेको बेलामा भेट्न र सम्पर्क राख्न सक्थे उनी !

६. त्यसैले नेपालले भारत, चीन, अमेरिका, बेलायत, ब्रुसेल्स र राष्ट्र सङ्घ मा आफ्नो राजदुत नियुक्त गर्दा ती मुलुकले चिनेका, पत्याइएका मानिस खोज्नु पर्दछ ,
नभए माथि भने जस्तै तयार गर्नु पर्दछ राजदुत ।
ख्यालख्यालको, सस्तो र किनवेचको पद होइन , राजदुतको पद !
नाता गोता , आसेपासे र नेताहरूको भागबन्डा र आर्थिक स्वार्थसँग साटिने पद पनि होइन ।
राष्ट्रको अस्मिता, गरिमा र हाम्रा हकमा त अझ सुरक्षाको प्रत्याभूति दिने र गराउने पद हो !

७. अरूकालागि विदेश नीति भनेको गृह नीतिको विस्तार हो तर हाम्रालागि त हाम्रो परराष्ट्र नीतिकै विस्तार बनेको छ– हाम्रो गृह नीति र राज्य व्यवस्था ।

यो स्थिति सच्याउन माथि भनिए जस्तै गरिनुपर्दछ !
भारत,चीन,अमेरिका, बेलायत, ब्रुसेल्स र राष्ट्र सङ्घमा नेपालको प्रधानमन्त्रीसँग सोझै जतिखेर पनि हटलाइनमा सम्पर्क गर्न सक्ने, र भारतमा पनि कमसेकम त्यहाँका विदेश मन्त्रीसँग आवश्यक परेको बेलामा सम्पर्क र भेट गर्न सक्ने राजनीतिक तर ती देशको मामिलामा विज्ञ व्यक्ति नियुक्त गरिने व्यवस्था हुनुपर्दछ ।

त्यसपछिको प्राथमिकता फ्रान्स, रूस, जापान र जर्मनी ।
यी १० मुलुकमा अंग्रेजी भाषा सहित ती मुलुकका राष्ट्रिय भाषामा समेत कुराकानी गर्न सक्ने व्यक्तिहरूलाई राजनीतिक नियुक्तिबाट अन्य मुलुकका हकमा करियर डिप्लोम्याटहरू मात्रै नियुक्ति गर्न सकियो भने नेपालको परराष्ट्र नीति लिकमा आउँछ र अन्तरिक राजनीति पनि स्थीर र सकारात्मकरूपमा गतिशील हुन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभा बैठकमा बिहीबार पनि एमालेको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको

ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्छ भन्ने कुरा नाजायजः माधव नेपाल

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग

कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने

महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने