बेलायतद्वारा नेपाललाई एक लाख ३० हजार डोज खोप प्रदान


काठमाडौं । बेलायत सरकारले नेपाललाई एक लाख ३० हजार डोज अस्ट्राजेनेका खोप दिएको छ। बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहलाई खोप हस्तान्तरण गरेकी हुन् । खोप सहयोग गरेकोमा बेलायतलाई नेपालले धन्यवाद दिएको छ।