पार्टी दर्ताका लागि हस्ताक्षर सनाखत गर्न नेकपा(एकीकृत समाजवादी)का नेताहरु निर्वाचन आयोगमा



काठमाडौं । नयाँ दल दर्ताका लागि हस्ताक्षर सनाखत गर्न प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरु निर्वाचन आयोग पुगेका छन् । दुई दिनदेखि चन्द्रागिरीमा बसेका नेताहरू पर्यटक बस चढेर निर्वाचन आयोग पुगेका हुन् ।

नेपालसँगै रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा, मेटमणि चौधरी लगायतका सांसदहरू पनि निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न बिहान ११ बजेपछि आयोग पुगेका हुन् ।

आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ । नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए ।

दुवै दललाई आज आयोगले सनाखतका लागि बोलाएको हो । माधव नेपाल अध्यक्ष रहेको नेकपा समाजवादी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले भदौ २ गते दल दर्ताका लागि निवेदन दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना