एमाले २०७५ साल २ जेठमा फर्कियो, नेताहरुलाई अगाडिको अवस्थामा क्रियाशील हुन निर्देशन



काठमाडौं । नेकपा एमालेले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ गते अगाडिको अवस्थामा क्रियाशील हुने प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ छ । त्यस्तै बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

त्यस्तै बैठकले मंसिर १०देखि १२ सम्म दशौं महाधिवेशन र ४ देखि ६ असोजमा विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ ।

बैठकले पार्टी विभाजनमा गएका माधव नेपाल लगायतका नेताहरूलाई पार्टीमा फर्किन आह्वान गरेको छ । बुधबार पार्टी विभाजनका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा सनाखत गर्नका लागि जाने तयारीमा रहेका नेताहरूलाई पार्टीमा फर्किन आह्वान गरेको हो । प्रवक्ता ज्ञवालीले भने, ‘दल दर्ताको प्रक्रियाबाट अलग रहनुहोस् । विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२४ गतेको घटनालाई गृह मन्त्रालयले नै अब कारबाही नगर भनेको कुराप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली काङ्ग्रेसले भदौ २३ र २४ गते भएको अराजक गतिविधिमाथि अनुसन्धान

जाँचबुझ आयोगले ओली र लेखकविरुद्धको जाहेरी पठायो प्रहरीमै फिर्ता

काठमाडौं । गत भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी

प्रधानमन्त्री र राष्ट्रपतिबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा गम्भीर छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद बैठकः इलाम विपद संकटग्रस्त क्षेत्र घोषणा, भूमि समस्या समाधान आयोग खारेज

काठमाडौं । सरकारले इलाम जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार