विजेपीका नेताहरु काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता, राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि भेट्ने


काठमाडौं । भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । आइतबार नेपाल आइपुगेका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटघाटमा दुई देशको आपसी सम्बन्ध तथा पार्टीस्तरमा सम्बन्ध कायम राख्ने विषयमा कुराकानी भएको बताइएको छ । चार दिने भ्रमणमा आएका चौथाइवाले अन्य राजनीतिक पार्टीका शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामिलाका रणनीतिकारका रुपमा चिनिएका उनी यसअघि केपी ओली प्रधानमन्त्री भएको बेलामा पनि नेपाल आएका थिए ।