उपचार नपाएर बसको सिटमै बच्चा काखमा लिई-लिई मर्छन् कोही….


उपचार नपाएर बसको सिटमै
बच्चा काखमा लिई-लिई मर्छन् कोही

कात्रोमा हालेर खल्ती
सिटामोलको कमिसनले भर्छन् कोही

देखेर पनि गर्न केही सक्दिन म
टुलुटुलु हेरिरहन्छु

कलमको टुप्पोमा लाएर आगो
धर्के कापीमा केरिरहन्छु !

अर्जुन पराजुली ।